रास्वपामा सबै सांसद केन्द्रीय सदस्य समितिमा मनोनीत


राष्ट्रिय स्वतन्त्र पार्टीले सहित सबै सांसद केन्द्रीय समितिमा मनोनीत गरेको छ। महोत्तरीको जलेश्वरमा जारी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले केन्द्रीय समितिमा नरहेका सांसदहरूलाई मनोनीत गरेको हो।

रास्वपामा ६ जना सांसद मात्रै केन्द्रीय समितिमा थिए। स्वर्णिम वाग्ले, विराजभक्त श्रेष्ठ, शिशिर खनाल, हरि ढकाल, मनिष झा, सन्तोष परियार, डा तोसिमा कार्की, निशा डाँगी, विनिता कठायत, डा चन्दा कार्की, असिम शाह, लक्ष्मी तिवारी, अशोक चौधरी, शिव नेपाली केन्द्रीय सदस्यमा मनोनीत भएको एक नेताले जानकारी दिए।

 


प्रकाशित मिति : २०८० मंसिर १३, बुधबार गते

धेरै पढिएको

ताजा समाचार