महिला कबड्डी टिमका चार खेलाडी बंगालादेशतर्फ


नेपाली राष्ट्रय महिला कबड्डी टिमका चार खेलाडी बंगलादेश कबड्डी लिग खेल्न त्यसतर्फ गएका छन्।

नेपाली टिमका खेलाडीहरु अनुजा कुलुङ राई, जयन्ती बडू, गंगा घिमिरे र सिर्जना थारु मंगलबार बंगलादेशतर्फ गएका हुन्।

चारै खेलाडीले बंगलादेशको मेघना कबड्डी क्लबबाट खेल्नेछन्।

चारै जना नेपालले एसियाली खेलकुदमा कास्य पदक जित्दा टिमबाट खेलेका खेलाडी हुन्।

नेपालले गत असोजमा चीनको हाङझाउमा भएको १९औं एसियाली खेलकुदमा कास्य पदक जितेको थियो। समूहमा बंगलादेशलाई पराजित गरेपछि नेपालको कम्तिमा कास्य पदक पक्का भएको थियो।

प्रतियोगिता बंगलादेश कबड्डी संघको आयोजनमा मंसिर १४ देखि २२ सम्म हुनेछ। चार खेलाडीको साथमा अफिसियल भगवती अधिकारी पनि प्रतियोगिताका लागि गएको छिन्।


प्रकाशित मिति : २०८० मंसिर १२, मंगलवार गते

धेरै पढिएको

ताजा समाचार