काठमाण्डौ, साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार २३.१६ अंकले घटेको छ।
गत साताको अन्तिम कारोबार दिन २०.१६ अंकले बढेको बजार सोमबार भने २३.१६ अंकले घटेर १ हजार ८५१.४३ को विन्दूमा आइपुगेको छ।
राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.३८ अंकले घटेर ३५५.७४ को विन्दूमा पुगेको छ।
आज नेप्सेमा सूचीकृतमध्ये २८४ कम्पनीका ४८ लाख ३७ हजार ८९३ कित्ता सेयर १ अर्ब २५ करोड ३२ लाख ९१हजार ७० रुपैयाँमा कारोबार भएको छ ।
आज नेप्से उपसमूहमा रहेका १३ ओटै समूहमा रातो पोतिएको छ । यो दिन सबैभन्दा बढी जीवन बीमा समूह २.०९ प्रतिशतले घटेको छ।
त्यसैगरी होटल एण्ड टुरिजम समूह सर्वाधिक २.०४ प्रतिशतले घटेको छ। त्यसपछि हाइड्रो पावर समूह २.०२ प्रतिशतले घटेको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन प्रभु बैंकका संस्थापक सेयरको सर्वाधिक ६ करोड २४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
यसैगरी हाथवे इन्भेष्टमेन्ट कम्पनीको ५करोड २७ लाखभन्दा बढीको कारोबार भएको छ भने सिटिजन्स लाइफ इन्स्योरेन्सको ३ करोड ६७ लाखभन्दा बढीको कारोबार भएको छ ।
धेरै कमाउने र धेरै गुमाउने
आज सिद्धार्थ प्रिमियर इन्स्योरेन्स तथा सिद्धार्थ ग्रोथ स्किमका सेयरधनीहरुले धेरै कमाएका छन् । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयरमूल्य ७.८७ प्रतिशतले बढेको छ ।
सिद्धार्थ ग्रोथ स्किमकाको भने ७.३१ प्रतिशतले सेयरमूल्य बृद्धि भएको छ । यसैगरी यो दिन सुपर माई हाइड्रोपावरको सेयरभाउ ४.०४ प्रतिशतले उकालो लागेको छ ।
यो दिन हाथवे इन्भेष्टमेन्ट तथा सयपत्री हाइड्रोपावरका सेयरभाउमा नकारात्मक सर्किट लागेको छ । यो दिन यी दुबै कम्पनीका सेयरधनीहरुले धेरै गुमाएका छन् ।
त्यस्तै नविल ब्यालेन्स फण्ड – २ का इकाई धनीको इकाई मूल्य ९.३१ र मिड सोलु हाइड्रोपावरको सेयरमूल्य ९.०६ प्रतिशतले ओरालो लागेको छ ।
यसैगरी घलेम्दी हाइड्रोपावरको सेयरमूल्य ८.७७ प्रतिशतले ओरालो लागेको छ ।