पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता आज रातिदेखि लागू हुने


काठमाडौं, नेपाल आयल निगमले फिर्ता भएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि आज राति १२ बजेदेखि लागू हुने जनाएको छ ।

सरकारले मूल्य वृद्धि फिर्ता लिन निर्देशन दिएपछि निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी वृद्धि गरिएको मूल्य घटाइने जनाएको हो ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थको पुरानै मूल्य कायम गराउने निर्णय गरेको थियो ।

नेपाल आयल निगमले शनिबार पेट्रोलको मूल्य प्रतिलिटर २ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढाउने निर्णय गरेको थियो ।

 


प्रकाशित मिति : २०८० आश्विन १४, आईतवार गते

धेरै पढिएको

ताजा समाचार