सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति, आन्दोलनको कार्यक्रम फिर्ता


काठमाडौं, सरकार र आन्दोलनरत चिकित्सकहरुबीच सहमति भएको छ । शनिबार गृह मन्त्रालयमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा सरकारी टोली र स्वास्थ्यकर्मीका प्रतिनिधिबीच भएको वार्तामा सहमति भएको हो ।

उक्त ६ बुँदे सहमति भएपछि उनिहरुले आन्दोलनको कार्यक्रम फिर्ता लिएका छन् । मणिपाल शिक्षण अस्पताललगायत विभिन्न ठाउँमा डाक्टरमाथि आक्रमण भएपछि सुरक्षाको प्रत्याभूति माग गर्दै विगत केहिदिन देखि चिकित्सकहरुले आन्दोलन गर्दै आएका थिए ।


प्रकाशित मिति : २०८० आश्विन १४, आईतवार गते

धेरै पढिएको

ताजा समाचार