सोट्टोको आयोजनामा विश्व पर्यटनको अवसर पारेर सुन्दरीजलदेखि हैबुङंसम्म पद यात्रा


काठमाडौ, ४४ औं पर्यठन दिवसको अवसर पारेर सोट्टो नेपालले एक दिवसीय पद यात्रा आयोजना गरेको छ ।

गोकर्णेश्वर र मेलम्ची नगरपालिकाको समन्वयमा भएको पैदल यात्रा सुन्दरीजलबाट शुरु भएर मूलखर्क, धाप ड्याम पगेर प्रकृति रिसोर्ट हैबुङंमाम पुगेर समापन भएको थियो ।

पैदल यात्रा समापन पछि आयोजित कार्यकरममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान आइतमान तामाङले मेलम्ची नगर धार्मिक बिविधताले भरिएको काठमाडौंबाट सबै भन्दा नजिकको गर्यटकीय गन्तब्य भएर पनि ओझेलमा परेको बताए ।

प्रमुख तामाङले नगर भित्रका १३ वडा मध्ये ५ वडालाई पर्यटन प्रर्वधनका लागि नमूना वडाका रुपमा छनौट गरेको जानकारी दिए ।

उनले पर्यटकीय सम्भाजना भएका स्थान पहिचान गरी नगरले आवाधिक योजना बनाएको बताए । तीन तहको सरकार मिलेर काम गर्नु पर्नेमा जोड दिदैं प्रमुख तामाङले यर्पटन ब्यावसायसँग जोडिएका सबै निकायलाई लगानी गर्न आग्रह गरे ।

उनले पर्यटन प्रर्वधनमा संघीय र प्रदेश सरकारले सहयोग र समन्वय नगरेको गुनासो गरे । बजेट अभावले नगरले सोचे जति काम गर्न नसकेको बताउने प्रमुख तामाङ निजी क्षेत्र लगानी गर्न तयार भए सम्पदाले भरिपूर्ण मेलम्ची क्षेत्रमा आन्तरिक र विदेशी पर्यटक बढाउन पर्यटन क्षेत्रमा सरोकार सबैले मिलेर काम गर्नु पर्ने पर्नेमा जोड दिए ।

उपप्रमुख उमा प्रधानले लुकेछिपेका स्थानलाई पर्यटकीय क्षेत्रका रुपमा बिकास गर्न सके ऐतिहासिक र प्राकिृतिकको संरक्षण हुने बताइन् ।

उनले पर्यटन क्षेत्रमा सरोकार राख्ने सबै मिलेर काम गर्न सके आम्दानी बढाउन सहयोग पुग्ने जनाइन । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण यस्ता क्षेत्र हाम्रा सम्पत्ति हुन ।

यस्ता सम्पत्तिको संरक्षण र प्रचार गर्न सके विदेशी पर्यटकलाई आकर्षित गर्न सकिने उनको भनाइ थियो ।

उनले त्यस्ता क्षेत्रको प्रचार प्रसारका लागि नगर लागि परेको जानकारी दिए । सोट्टोका महासचिब दिनेश बस्नेतले पर्यटन र पर्याबरणलाई ध्यान र्दिदै पर्यटन प्रर्वधनमा लाग्नु पर्ने बताएका थिए ।

उनले काठमाडौ आसपासका पर्यटकीय क्षेत्रलाई सरोकारवाला सबै मिलेर का गर्नु पर्नेमा जोड दिए ।

सोट्टोका पूर्वउपाध्यक्ष बोधराज भण्डारीले पद यात्रा कार्यक्रम बिगतको निरन्तरता भन्दै समाजलाई पर्यटनसित जोडन आग्रह गरे ।

उपत्यका पर्यटन कार्यालयका प्रमुख राजन पोखरेलले यस्ता पदयात्राले स्थान पहिचानका लागि अवसर हुने बताए ।

उनले पर्यटन ब्यावसाय र स्थानीय सरकारसित मिलेर पर्यटन प्रर्वधन गर्न उपत्यका पर्यटन कार्यालय सधैं तयार रहेको स्पष्ट पारे ।

कार्यक्रममा सोट्टोका अध्यक्ष भुवनबहादु्र पाण्डेले आन्तरिक र बाह्य पर्यटन प्रर्वधन गर्नृ पद यात्रा फलदायी भएको बताए ।

उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्दता ब्यक्र गरे । पर्यटनले एक स्थानदेखि अर्को स्थानको संस्कार साटासाट गर्न सहयोगी बन्ने जिकिर गरे ।

पर्यटन ब्यावसायलाई दियो बनाउन लगानीको संरक्षण हुनु पर्ने उनको भनाइ थियो । उनले तीनै तहका सरकारलाई पर्याबरण मैत्री संरचाना बनाउन आग्रह गर्दै स्थानीय स्तरमा रोजगारी र स्थानीय उत्पादन बढाएर संस्कृतिको जर्गेना गर्नु पर्नेमा जोड दिए ।

सोट्टोले पर्यटन दिवसको अवसर पारेर बिबिध कार्यक्रम गर्दै आएको छ । पद यात्रामा करिव सय जना जतिको सहभागिता रहेको थियो ।

विश्व पर्यटन दिवस यो पटकको नारा पर्यटनमा हरित लगानी भन्ने नाराका साथ मनाइंदै छ ।


प्रकाशित मिति : २०८० आश्विन ७, आईतवार गते

धेरै पढिएको

ताजा समाचार