बाँकेको डुडुवामा रहेको वाल सुधार गृहमा झडप एक जनाको मृत्यु, १० घाइते


बाँके, बाँकेको डुडुवा गाउँपालिकास्थित जयेन्दु वाल सुधार गृहमा रहेका दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ ।

गएराति भएको झडपमा एक जनाको निधन भएको बाल सुधार गृहका इन्चार्ज विमला काउचा मगरले जानकारी दिए ।

दोहोरो झडपमा घाइते भएका अपहरण, शरिरबन्धक र जबरजस्ती करणीको मुद्दामा सजाय पाएका कपिलवस्तु रुद्रपुरका सुलभ केसीको उपचारका क्रममा अस्पतालमा निधन भएको हो ।

झडपमा परेर १० जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइतेहरूको शिक्षण अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ ।

बाल सुधार गृहमा पटक–पटक झडप हुँदै आएको छ । बाल सुधार गृहभित्र राती झडप नियन्त्रणका लागि सुरक्षा निकाय समेत प्रवेश गर्न समस्या भएको थियो । भित्रको अवस्थाबारे अहिलेसम्म पनि यकिन भएको छैन् ।

पछिल्लो पटक लागुऔषध मुद्दाका बालकहरूलाई ल्याएपछि बाल सुधारगृहमा रहेका अन्य ब्यक्तिहरुसँग पटक–पटक तनावपूर्ण अवस्था आउने गरेको थियो ।

यसअघि माघ अन्तिम सातापनि दुई पक्षबीच झडप भएपछि आगजनी र तोडफोड गरिएको हो । बालिग भएपनि यही बस्न पाउने भएकाले दोहोरो झडपका घटना बढी हुने गरेको पाइएको छ ।


प्रकाशित मिति : २०८० आश्विन ५, शुक्रबार गते

धेरै पढिएको

ताजा समाचार