काठमाडौं, शिक्षकहरुको जारी आन्दोलनमा घुसपैठ गरेका मोहन वैद्य ‘किरण’ नेतत्वको क्रान्तिकारी माओवादीनिकट ११ विद्यार्थी पक्राउ परेका छन् ।
नयाँ बानेश्वरमा निषेधित घेरा तोडेर अघि बढ्न खोजेपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
शिक्षा विधेयकको विरुद्धमा शिक्षकहरुले गरिरहेको आन्दोलनमा वैद्यनिकट विद्यार्थीहरु सहभागी भएका थिए ।
आन्दोलनरत शिक्षक र सरकारबीच निर्णायक वार्ताको प्रयास भइरहेको छ ।