काठमाडौ, सामसङ्ग जेड फोल्ड फाईभमा सामसङ्गले पहिलो पल्ट नयाँ हिन्जको प्रयोग गरेर बजारमा ल्याएको छ । सामसङ्गले फोल्डको पाँचौं पुस्ता बजारमा ल्याउँदासम्म कोर इन्जिनियरिङ्गमा ठूलो छलाङ्ग मारिसकेको छ ।
आफ्ना उपभोक्तालाई फोल्ड गर्न मिल्ने फोनको टिकाउमा सुनिश्चितता गर्न सामसङ्गले आफूले अपनाएका प्रविधी र पद्धतीका बारेमा उपभोक्तालाई निरन्तर सुसूचित गराउँदै आएको छ ।
फोल्ड फाईभको स्क्रिनको भित्री लेयरमा सक डिस्पर्सन लेयरले यसको स्क्रिनलाई थप २५ प्रतिशत बलियो बनाउन सफल भएको छ ।
यस फोल्डेबल स्मार्टफोनमा प्रयोग गरिएका गोरिल्ला ग्लास भिक्टस टु र आर्मर एल्मुनियमले यो मोबाईललाई थप टिकाउ बनाएको छ ।
आइपीएक्स एट रेटिङ्ग प्राप्त यो फोल्ड फाईभ पानी भित्र एक मिटर गहिराईमा तीस मिनेट सम्म सर्भाइभ गर्ने क्षमता राख्ने भएकाले अण्डर वाटर भिडियो तथा फोटोग्राफी समेत गर्न सकिन्छ ।
यो फोन सेटमा सामसङ्गले आफ्ना फोल्डेबल डिभाईसको विकास निक्कै सजकताका साथ गरेको छ । यो ट्रेण्डि ग्याजेट धेरै भड्किलो नहोस्, अनि रिलायबल बनोस् भन्नेमा सामसङ्गले निक्कै साबधानी साथ कदम चालेको देखिन्छ ।
त्यसैले यसका अधिल्ला पुस्ता सँग यो मिल्दोजुल्दो देखिएपनि फोल्ड फाईभमा सामसङ्गले अपत्यारिलो परिमार्जन गरेको छ ।
यसको मेन डिस्प्ले ७.६ इन्चकै भए पनि यसको स्क्रिनको बेजल थप स्लिम भएको जसले स्क्रिन एरियामा उल्लेख्य बृद्धि भएको छ ।
फोल्ड फोरमा क्यामेरामा गरिएको सम्झौता फोल्ड फाईमा सुधारीएको छ । एट के भिडिया खिच्ने क्षमता भएको यसको मेन क्यामेरा ५० मेगापिक्सेलको छ ।
१० मेगापिक्सेलको टेलिफोटो क्यामेराको सेन्सरको आकारमा बृद्धि गर्दै अप्टिमाईज्ड् गरेर थ्रि एक्स जुमले प्रवेश पाएको छ ।
बाहिर भएको डिस्प्लेको पनि स्क्रिन साईज एउटै राख्दै एस्पेक्ट रेसियोमा परिमार्जन गरि थप परिस्कृत बनाईएको छ ।
यसले प्रयोगकर्ताको अनुभवमा थप निखारता ल्याउने सामसङ्गले प्रष्ट पारेको छ । सामसङ्गको यो फ्ल्यागसीप डिभाईस अहिले आएर भने बास्तविक फ्ल्यागसीप बनेको छ ।
यस्ता धेरै विशेषताहरुमा गरिएकास्तरोन्नती बाहेक फोल्डेबल प्रविधिमा क्रान्तिकारी मानिएको यो हिन्जको प्रयोगबाट सामसङ्ग जेड फोल्ड फाईभ विना ग्याप स्क्रिन फोल्ड हुन्छ ।
यसले जेड फोल्ड फाईभ अझ बढी स्लिम र आकर्षक देखिएको छ । स्न्यापड्रागन एट जेन टु प्रोसेसर प्रयोग गरिएको ग्यालेक्सी जेड फोल्ड फाईभ स्क्र्याच रेसिस्टेन्ट आर्मर आल्मुनियमको फ्रेम र गोरिल्ला भिक्टस टु ग्लाल्सको प्रयोग गरि थप बलियो बनाईएको छ ।
एण्डरोईड १३ अपरेटिङ्ग सिस्टम भएको यस फोल्डेबल स्मार्टफोनले चार जेनेरेसनसम्म सफ्टवेयर अपग्रेड दिने छ । यो स्मार्टफोन तीन भिन्न रङ्गहरुमा नेपाली बजारमा उपलब्ध रहेको छ ।
नेपाली बजारमा एक बर्षको स्क्रिन ब्रेकेज इन्स्योरेन्स सहित विक्री वितरण गरिंदैं आएको जेड फोल्ड फाईभमा कम्पनीले एकपटक निःशुल्क स्क्रिन प्रोटेक्टर परिवर्तन गरिदिने जनाएको छ ।
नेपालमा सामसङ्गका स्मार्टफोनहरु मासिक किस्ताबन्दीमा समेत उपलब्ध गराईदै आएको छ ।
शून्य प्रतिशत ब्याजदरमा सामसङ्गका देशभरी छरिएररहेका आधिकारिक विक्री केन्द्र मार्फत ग्राहकले इन्स्टा फाईनान्स स्किममा सजिलै प्राप्त गर्न सकिने छ ।
फोल्डेबल फोनले के परिवर्तन ल्यायो ?
यो फेसनेबल छ, ट्रेण्डी छ, यो इन्नोभेटिभ ग्याजेट हो । के त्यतिका लागि सवा दुई लाख रुपैंया खर्चिनु उपयुक्त छ ? प्रश्न यो आउन सक्छ ।
तर उत्तर सहज छ, यो पूर्ण रुपले प्रोडक्टिभ छ, यसले तपाईको लाईफस्टायल परिवर्तन गर्नसक्छ ।
यो फेसनेबल र टे«ण्डी देखिन चाहने युवा पुस्ता लक्षित ग्याजेट नै होईन । बरु यो प्रोफेसनलहरुलाई दैनिक कामकाजमा सहजता थप्दै फेसनेबल र टेण्ड्रि देखाउने ग्याजेट हो ।
यसमा प्रयोग गरिने एस पेन होस् या अनफोल्ड गर्दा खुल्ने म्यासिभ स्क्रिन होस् दुवै कामकाजीका लागि विशेष उपहार हुन् ।
मैंले फोल्ड फोर चलाउन थालेदेखी यात्रा गर्दा ल्यापटप बोक्न छाडी सकें । माउस भन्दा प्रिसाईज्ड् एस पेन झण्डै आठ इन्च ठूलो लेक्जिबल ओलेड स्क्रिनमा चलाउँदै इमेलको रिप्लाई गर्न होस् या मार्केटिङ्ग डिपार्टमेन्टले पठाएका अडियो भिज्युअल कनटेन्टहरु एडिट गर्न होस् मलाई ल्यापटप नै चाहिंदैन ।
यो निक्कै सहज र पावरफुल छ । एकैछिनको फुर्सदमा सुस्ताएर युट्युबमा रम्न होस् या घण्टौं लामो लाईटमा नेटफ्लिक्सको ग्यालरी चाहर्न । यसले ट्याबलेटको लत बसेकालाई समेत भुलिसकेको छ ।
यसको प्रमुुख बिषेशता भनेको काम सकियो फोल्ड ग¥यो । अनफोल्ड गर्दा असीमित अवसरहरु खोलिन्छन् । सामसङ्ग ग्यालेक्सी फोल्डको विशेषसता नै यही हो ।
फोल्ड कसका लागि ?
सामसङ्ग भन्छ सबैका लागि । तर म भन्छु यो प्रोफेसनलहरुका लागि हो । आजको जमाना मोबाईल कम्प्युटिङ्गको भईसकेको छ ।
कामको महत्वपूर्ण हिस्सा मोबाईलबाटै निप्ट्याउनेहरुका लागि यो उत्कृष्ठ ग्याजेट हो झनै घरी घरी ल्यापटप खोल्नुपर्ने बर्गका लागि त यो अपरिहार्य नै छ ।
ब्यस्त दिनचर्याका बाबजुत केहि समय नेटफ्लिक्स र अन्य सोसल मिडियामा पनि विताउने बर्गका लागि हो । प्रोडक्टिभिटी, मोबाईल कम्प्युटिङ्ग र इन्टरटेनमेन्ट एकैपटक चाहिनेहरुका लागि यो सर्बश्रेष्ठ ग्याजेट हो भन्दा अनपयुक्त नहोला ।
किन फोल्ड भिन्न छ ?
झण्डै आठ इन्च ठूलो डिस्प्ले भएको स्मार्टफोन फोल्ड गरेर पकेटमा राख्न मिल्छ । त्यसको बाहिरी डिस्प्ले प्रयोग गरेरै फोन कल र स्मार्टफोनले गर्ने सबैकिसिमका कामहरु गर्न मिल्छ ।
एकातर्फ यसमा एस पेनको प्रयोग गरेर प्रिसाईज्डली सबै कामहरु सम्पादन गर्न सकिन्छ भने ओलेड डिस्प्लेको मज्जा लिंदै यसलाई मनोरञ्जनको प्रमुख संसाधनको रुपमा प्रयोग गर्न सकिन्छ ।
अनफोल्ड गर्दा झण्डै आठ इन्च ठूलो स्क्रिनको मज्जा लिन सकिने फोल्ड फाईभलाई फोल्ड गर्दा १३.४ एमएम मात्र मोटो र जम्मा २५३ ग्राम तौल भएको चिटिक्कको स्मार्टफोनमा रुपान्तरण हुन्छ ।
ठूलो स्क्रिन भएकाले मल्टि टास्किङ्ग बास्तवमै निक्कै प्रभावकारी छ । जेड फोल्डमा मल्टि टास्किङ्गको अनुभव अद्धितीय र बास्तविक रहन्छ ।