काठमाडौं, नेपाल आयल निगमले पेट्रोल र डिजेलको भाउ बढाएको छ। मंगलबार राति बसेको निगम सञ्चालक समिति बैठकले भाउ बढाएको हो।
डिजेल र मट्टितेलमा प्रतिलिटर १४ र पेट्रोल लिटरमा ५ रुपैयाँले बढाएर मूल्य समायोजन गरेको निगमले जनाएको हो।
अब पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १७५ रुपैयाँ पर्छ। डिजेल तथा मट्टितेलको मूल्य १६४.५ रुपैयाँ प्रतिलिटर कायम भएको छ।