एजेन्सी, अमेरिकामा टेक्सासको एक अदालतले एक महिलालाई अश्लील फोटोको शिकार भएको मुद्दा एक अर्ब २० करोड डलर ९एक खर्ब ६० अर्ब रुपैयाँ० क्षतिपूर्तिको फैसला गरेको छ ।
अदालतका कागजातहरूमा डीएल नाम दिइएकी एक महिलाले २०२२ मा आफ्नो पूर्व प्रेमीविरुद्ध उत्पीडनको मुद्दा दायर गरेकी थिइन्।
उनले ब्रेकअप पछि सार्वजनिक रूपमा बेइज्जत गर्न आफ्ना अन्तरंग तस्वीरहरु अनलाइन पोस्ट गरेको आरोप लगाएकी छिन् ।
यस मुद्दामा उनका वकिलहरूले यो सम्झौता महिलाको छविमा आधारित यौन दुर्व्यवहार पीडितहरूको लागि ठूलो जित भएको बताएका छन्।
“हामी आशा गर्छौं कि यो निर्णयले महिला हिंसा गर्नेलाई गतिलो सन्देश दिएको छ र अरूलाई यस घृणित गतिविधिमा संलग्न हुनबाट रोक्छ,” वकिल गिल्डेले भनेका छन् ।
अदालतको कागजात अनुसार, महिला र उनको पूर्व प्रेमीले सन् २०१६ मा डेट गर्न थालेका थिए । युवतीले सम्बन्धका क्रममा प्रतिवादीसँगको आफ्नो अन्तरंग फोटो सेयर गरेकी थिइन् ।
सन् २०२१ मा ब्रेकअप पछि, उनको स्वीकृतिबिना पूर्व प्रेमीले सोशल मिडिया प्लेटफर्म र वयस्क वेबसाइटहरूमा फोटो पोस्ट गरेको आरोप छ।
प्रेमीले आफ्ना साथीहरू र परिवारलाई पनि महिलाको फोटोहरूको लिङ्कहरू पठाएका थिए।
महिलाले प्रेमीमाथि आफ्नो फोन, सामाजिक सञ्जाल अकाउन्ट र इमेलका साथै उनकी आमाको घरमा रहेको क्यामेरा प्रणालीमा पनि पहुँच रहेको आरोप लगाइएको लगाएकी छिन् ।
महिलाका वकिलहरूले दाबी गरे कि उनका पूर्व प्रेमीले तस्बिरहरू “मनोवैज्ञानिक दुर्व्यवहार, घरेलु हिंसा र यौन दुर्व्यवहारको संयोजन गर्न” अश्लिल फोटा पोस्ट गरेका थिए ।
उनलाई विगत र भविष्यको मानसिक पीडाका लागि महिलालाई २० करोड र उदाहरणीय क्षतिपूर्तिमा १ अर्ब डलर तिर्न आदेश दिइएको छ।
यौन हिँसा र अश्लिल तश्विरको मुद्धामा यो नै अहिलेसम्मको ठूलो क्षतिपुर्ति हो । यसअघि सन् २०१८ मा क्यालिफोर्नियाकी एक महिलालाई उनको पूर्व पार्टनरले पोर्न साइटहरूमा उनको स्पष्ट तस्बिरहरू शेयर गरेपछि झण्डै सात करोड डलर क्षतिपूर्ति दिने आदेश भएको थियो ।