देउवा र अर्थमन्त्री मिलेर सांसद शर्मालाई फसाए : व्यवसायी प्रसाईं


काठमाडौ, व्यवसायी दुर्गा प्रसाईंले सांसद सुनील शर्मालाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फसाएको आरोप लगाएका छन् ।

बिहीबार सुनील शर्मा पक्राउ परेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले देउवा र अर्थमन्त्री डा.प्रकाशशरण महतले नियोजित रूपमै शर्मालाई फसाएको आरोप लगाएका हुन् ।

उनले भने,‘सुनील शर्मालाई फसाउन शेरबहादुर देउवा पनि मिल्नुभएको छ । अर्थमन्त्रीको पूरा हात छ ।

म अर्थमन्त्रीलाई के भन्छु भने सुनील शर्माको मुख थुनेर केही हुनेवाला छैन । मीनबहादुरजस्ता, दुर्गा प्रसाईंजस्ता मानिस धेरै छन् ।’

उनले मारवाडीसँग सहकार्य गरेर तस्करी गर्ने र नेपाली व्यापारीलाई देशबाट खेद्ने रणनीतिमा नेपाली कांग्रेस रहेको जिकिर गरे ।

सिआइबीले सांसद शर्मालाई शैक्षिक प्रमाणपत्र छानबिनका लागि आजै पक्राउ गरेको थियो ।

 


प्रकाशित मिति : २०८० श्रावण २६, शुक्रबार गते

धेरै पढिएको

ताजा समाचार