पाकिस्तानको संसद भंग, अन्तरिम प्रधानमन्त्री छान्न ३ दिनको समय


एजेन्सी, पाकिस्तानी राष्ट्रपति अरिफ अल्वीले पाकिस्तानको तल्लो सदन विघटन गरेका छन् ।

राष्ट्रपति अल्वीले वर्तमान सरकारको कार्यकालको अन्त्य गर्दै निवर्तमान प्रधानमन्त्री शहबाज सरिफको सल्लाहमा बुधबार मध्यरातबाट लागू हुनेगरी संसद विघटन गरेका हुन् ।

कार्यवाहक प्रधानमन्त्रीको नाम टुंगो लगाउन संविधान बमोजिम प्रधानमन्त्री शहबाज शरिफ र राष्ट्रियसभाका विपक्षी नेतासँग अब तीन दिनको समय दिइएको छ ।

तर, नाममा सहमति हुन नसकेमा ३ दिनभित्र अन्तरिम प्रधानमन्त्रीका लागि नाम टुंगो लगाउने जिम्मा सभामुखलाई हुनेछ ।

तोकिएको अवधिभित्र निर्णय गर्न नसकेमा उम्मेदवारहरूको नाम पाकिस्तानको निर्वाचन आयोगमा पठाइन्छ । अन्तिम टुंगो भने आयोगले गर्नेछ ।

संसद विघटनपछि अब ९० दिनसम्म अन्तरिम सरकारले चुनावी प्रशासन सम्हाल्नेछ । वर्तमान संसदको कार्यकाल यही १२ अगस्टमा सकिँदै थियो ।


प्रकाशित मिति : २०८० श्रावण २५, बिहीबार गते

धेरै पढिएको

ताजा समाचार