एजेन्सी, इक्वेडरमा राष्ट्रपतीय निर्वाचनका लागि जारी चुनावी अभियानका क्रममा एक उम्मेदवारको गोली हानी हत्या भएको छ ।
देशको राष्ट्रियसभाका सदस्य समेत रहेका फर्नान्डो भिल्लाभिसेन्सियोमाथि उत्तरी सहर क्विटोमा चुनावी कार्यक्रम छोडेर आफ्नो कारमा चढ्ने क्रममा बुधबार आक्रमण भएको थियो।
कारमा बस्नेबित्तिकै उनीमाथि गोली चल्न थालेको थियो । राष्ट्रपति गुइलेर्मो लासोले अपराधीलाई उन्मुक्ति नदिने वाचा गरेका छन्। प्रत्यक्षदर्शीका अनुसार ५९ वर्षीय भिल्लाभिसेन्सियोलाई तीन पटक गोली लागेको थियो ।
इक्वेडरका महान्यायाधिवक्ताले सामाजिक सञ्जालमा भने कि संदिग्धलाई पनि सुरक्षाकर्मीहरूले जवाफी फायरिङमा गोली हानेको थियो र पछि मृत्यु भयो।
देशमा पहिलो चरणको राष्ट्रपतीय निर्वाचन अगस्ट २० मा सुरु हुँदैछ। राष्ट्रपति लासोले घटनाबाट आफू स्तब्ध भएको बताएका छन् ।
इक्वेडरमा लागूऔषध तश्करीको बढ्दो उपस्थितिले हिंसात्मक अपराधमा वृद्धि भएको छ, जुन यस वर्षको राष्ट्रपति चुनावमा पनि एक केन्द्रीय मुद्दा हो।