बीमा कम्पनीहरुले बढाए बीमाशुल्क आर्जन, एक वर्षमा रु १.८२ खर्ब कलेक्सन


काठमाण्डौ, बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्ममा पौने २ खर्ब रुपैयाँ बढी बीमाशुल्क आर्जन गरेका छन्।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको अपरिकृष्त वित्तीय तथ्यांकअनुसार जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले १ खर्ब ८२ अर्ब ८८ करोड रुपैयाँ प्रिमियम कलेक्सन गरेका हुन्।

गत आर्थिक वर्षमा आर्जन गरेको यो बीमाशुल्क अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा २.८५ प्रतिशतमात्रै बढी हो।

अघिल्लो आर्थिक वर्षमा बीमा कम्पनीहरुले १ खर्ब ७७ अर्ब ८१ करोड रुपैयाँ प्रिमियम कलेक्सन गरेका थिए। आर्थिक संकटका बाबजुद पनि बीमा क्षेत्रमा १ खर्ब ७७ अर्ब बढी बीमा शुल्क आर्जन भएको थियो।

गत आर्थिक वर्षमा बीमा प्राधिकरणले बीमा क्षेत्रबाट योभन्दा बढी प्रिमियम संकलन हुन सक्ने अनुमान गरेको थियो।

गत आर्थिक वर्षमा जीवन बीमा कम्पनीहरुबाट कुल १ खर्ब ४२ अर्ब ३१ करोड बीमाशुल्क आर्जन भएको छ भने निर्जीवन बीमा कम्पनीहरुबाट कुल ४० अर्ब ५८ करोड बीमा शुल्क आर्जन भएको छ।

जीवन बीमा कम्पनीहरुले अघिल्लो आर्थिक वर्षको तुलनामा जम्मा २.६४ प्रतिशत बढी प्रिमियमा बढाएका छन् भने निर्जीवन बीमा कम्पनीहरुले ३.५९ प्रतितशत बढी प्रिमियम बढाएका छन्।


प्रकाशित मिति : २०८० श्रावण ८, सोमबार गते

धेरै पढिएको

ताजा समाचार