मौद्रिक नीति राष्ट्र बैंकको वेबसाइटमार्फत सार्वजनिक गरिने, दिउँसो ३ बजे पत्रकार सम्मेलन


काठमाण्डौ, नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०/८१को मौद्रिक नीति आज वेबसाइटमार्फत सार्वजनिक गर्ने तयारी गरेको छ।

मौद्रिक नीतिमाथि छलफल गर्न बिहान साढे ८ बजेदेखि बैठक भइरहेको छ। ‘बैठक जारी छ’, राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले भने, ‘बैठकबाट मौद्रिक नीति पारित भएलगत्तै वेबसाइटमार्फत सार्वजनिक गरिनेछ।’

मौद्रिक नीतिको ब्रिफिङका लागि भने दिउँसो ३ बजे होटेल याक एन्ड यतीमा पत्रकार सम्मेलन गर्ने तयारी भइरहेको पनि सहप्रवक्ता पोखरेलले जानकारी दिए।

‘गभर्नर आफैँले मौद्रिक नीतिका बारेमा मौद्रिक नीतिबारे उठ्ने जिज्ञासाको जबाफा दिनुहुनेछ’, उनले भने।


प्रकाशित मिति : २०८० श्रावण ७, आईतवार गते

धेरै पढिएको

ताजा समाचार