भन्सार पार गरेर सिनामंगल पुर्‍याइएको थियो बरामद सुन


काठमाडौं, राजश्व अनुसन्धान विभागले बुधबार बरामद गरेको झण्डै एक क्वीन्टल सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँच पार गरेर सिनामंगल पुर्‍याइएपछि फेला पारिएको खुलासा भएको छ ।

विभागले बुधबार विशेष सूचनाको आधारमा अपरेशन सुरु गरेको थियो । विभाग स्रोतका अनुसार सिनामंगलबाट झण्डै ८० देखि १०० किलो सुन बरामद भएको छ । यो नेपालमा हालसम्म बरामद भएको सबैभन्दा ठूलो परिमाणको सुन हो ।

मंगलबारको क्याथे फ्यासिफिकको उडानमार्फत सुन मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याइएको थियो ।

अहिले पनि अपरेशन जारी रहेकाले सुन ठ्याक्कै यति नै छ भनेर भन्न नसकिने विभागका महानिर्देशक नवराज ढुङ्गानाले जानकारी दिए ।

एकजना भन्सार एजेन्ट र ट्याक्सी चालकलाई पक्राउ पनि गरिएको छ ।


प्रकाशित मिति : २०८० श्रावण ४, बिहीबार गते

धेरै पढिएको

ताजा समाचार