काठमाण्डौ, नेपाल बजारमा सुनको भाउ फेरि अलटाइम हाई नजिक पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार सु्नको भाउ तोलामा ६०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १३ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १२ हजार ५५० रुपैयाँ पुगेको छ।
सुनको यो भाउ हालसम्म दोस्रो उच्च हो। यसअघि गत जेठ १९ गते सुनको भाउ प्रतितोला १ लाख १३ हजार ३०० रुपैयाँ पुगेको छ। जुन हालसम्मकै उच्च हो।
हिजो मंगलबार सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ९५० रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको भाउ भने नयाँ कीर्तिमान बनाएको छ। तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार ४८० रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी १ हजार ४८० रुपैयाँमा कारोबार थियो। यो भाउ हालसम्मकै उच्च थियो।