अनामनगरमा रहेको भद्राकुमारी घलेको सेवा सदनमा चल्यो महानगरको डोजर


काठमाडौं, काठमाडौं महानगरपालिकाको टोलीले अनामनगरको देवीनगरस्थित रुद्रमती कोरिडोर मा रहेको भद्र कुमारी घले फाउन्डेसन भत्काएको छ ।

सार्वजनिक जग्गामा बनेको उक्त फाउन्डेसन संरचना बुधबार कामपाले भत्काएको हो ।

यसअघि घले सेवा सदनले सार्वजनिक जग्गा अतिक्रमण गरेको भन्दै महानगरले तीन दिनभित्र सबै संरचना खाली गर्न अल्टिमेटम दिएको थियो ।

सेवा सदनमा रहेका सामग्रीहरु हटाएपछि उक्त स्थानमा डोजर चलाएको महानगरले जनाएको छ ।

सदनले ५ रोपनी १२ आनामा बालगृह, शिक्षा सदन, पाहुना घर, भद्र संग्रहालय, पुस्तकालय, उपभोक्ता सहकारी संस्थालगायत संस्था सञ्चालन गर्दै आएको छ ।


प्रकाशित मिति : २०८० श्रावण ३, बुधबार गते

धेरै पढिएको

ताजा समाचार