नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को अध्यक्षमा काफ्ले निर्विरोध निर्वाचित


काठमाडौ, लेखा व्यवसायीहरुको नियमनकारी निकाय नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को अध्यक्षमा सुजनकुमार काफ्ले निर्विरोध निर्वाचित भएका छन् ।

सायद ५ जना मानिसहरू को फोटो हुनसक्छ

यस्तै आइक्यानको उपाध्यक्षमा प्रविनकुमार झा निर्वाचित भएका छन् । उनी पनि निर्विरोध निर्वाचित भएका हुन्

दुवैजना एक – एक बर्षको कार्यकालका लागि निर्वाचित भएका हुन् । केहि दिनपछि एक विशेष कार्यक्रमका साथ निर्वाचितहरुले पद तथा गोपनियताको सपथ लिनेछन् ।

काफ्ले यसअघि आइक्यानको उपाध्यक्ष थिए ,आइक्यानको उपाध्यक्ष रहँदा पनि सक्रिय र उत्कृष्ट कार्यहरू गरेका थिए । उनीबाहेक अरु कसैले उम्मेद्वारी नदिएपछि उनी निर्वाचित भएका हुन् ।

 

 


प्रकाशित मिति : २०८० असार २७, बुधबार गते

धेरै पढिएको

ताजा समाचार