काठमाडौं, सत्ता साझेदार दल नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको भेला सकिएको छ ।
२ दिनसम्म चलेको भेलामा सभापतिहरूले मुख्यतस् केन्द्रीय नेतृत्व (शेरबहादुर देउवा) को कडा आलोचना गरेका छन् । १४ बुँदे आन्तरिक प्रतिबद्धता गरेको भेला सभापतिहरूले विभिन्न प्रश्नहरू उठाएका छन् ।
सभापतिहरूले पार्टी नेतृत्वले भ्रष्टाचारीहरूलाई संरक्षण दिएको टिप्पणी गरेका छन् । “गम्भीर भ्रष्टाचार प्रकरणमा कोही संलग्न भइसकेपछि न्यायिक निरूपणका लागि बाटो खुला गर्नुपर्छ, तर हाम्रो पार्टीले भ्रष्टाचारमा मुछिएकालाई निलम्बनसमेत गर्दैन ।
यसले पार्टीप्रति नागरिकमा विश्वास कसरी बढाउँछ ? ,” अर्घाखाँचीका सभापति केशव श्रेष्ठको प्रश्न छ ।
चितवनका सभापति राजेश्वर खनालले पनि भ्रष्टाचारमा मुछिएका नेताहरूलाई पार्टीबाट निष्कासन गरेर अघि बढ्नुपर्ने विचार राखे ।
“जो छानबिनको दायरामा पर्छ, उसलाई निर्दोष सावित नभएसम्म निलम्बन गर्नुपर्छ । दोषी ठहर भएमा निष्कासन गर्नुपर्छ,” उनले भने ।
यस्तै सर्लाहीका सभापति सुरेन्द्र सिंहले पनि चुनावमा अन्तरघात गर्नेलाई कारबाही गर्न नसक्दा र भ्रष्टाचारीलाई कारबाही गर्न नसक्दा अराजकता मौलाएको बता ।
“पार्टीका उम्मेदवारलाई भोट नहालेर के हुन्छ र रु भन्ने धारणा विकास भएको छ । जिल्लाले छानबिन गरी कारबाहीका लागि सिफारिस गरेको छ, तर केन्द्रले अहिलेसम्म कारबाही गरेको छैन ।
अनि अराजकता बढ्दैन रु अनि भ्रष्टाचारीलाई कारबाहीन गर्दा पनि अराजकता अझ मौलाएको छ,” सभापति सिंहले भनेका छन् ।
भेलामा ४२ जिल्लाका सभापति र १८ जिल्लाका प्रतिनिधि सहभागी भएका थिए । भेलामा महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाका साथ सहमहामन्त्रीहरू बद्री पाण्डे, भीष्मराज आङदम्बे, जीवन परियार र उमाकान्त चौधरी सहभागी भएका थिए ।
महामन्त्री शर्माले भेलामा उठेका प्रश्न तथा गुनासो र सुझावलाई आगामी केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत गर्ने बताएका छन् । कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आगामी असार २७ मा बस्दैछ ।