काठमाडौ, सोसाइटी अफ ट्राभल्स एण्ड टूर्स अपरेटर्स नेपाल (सोट्टो) नेपालको नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ ।
शनिबार सम्पन्न सोट्टोको पन्ध्रौं वार्षिक साधारणसभाले भवनबहादुर पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
कार्यसमितिको प्रथम उपाध्यक्षमा मानबहादुर शाही, द्धित्तीय उपाध्यक्षमा देवराज खनाल, महासचिवमा दिनेश बस्नेत, सचिवमा कुमार पराजुली, कोषाध्यक्षमा कमलबहादुर मगर र सह–कोषाध्यक्षमा कमल जि सि निर्विरोध चयन भएका छन ।
यस्तै सदस्यहरूमा आनन्दकुमार क्षेत्री, गंगाप्रसाद गिरी (सागर), मधसुदन् नेपाल, दासुराम गौतम, राजेन्द्रप्रसाद त्रिपाठी, ओमप्रकाश जोशी, अनिशा ज्ञवाली निर्विरोध चयन भएका छन ।