काठमाडौं, लगातार उकालो लागेको सुनको मूल्य बुधबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँ घटेर एक लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भएकोमा थियो। तेजावी सुन भने प्रतितोला एक लाख ९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, बुधबार चाँदी स्थिर अर्थात् मंगलबारकै मूल्य एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।