प्रतिनिधिसभा बैठकमा आज ८ मन्त्रीले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने


काठमाडौ, संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । आजको बैठकमा पनि आइतबारदेखि सुरु भएको मन्त्रालयगत बजेटमाथिको छलफलमा उठेका प्रश्नबारे सम्बन्धित मन्त्रीले जवाफ दिनेक्रम जारी राख्ने छन् ।

संघीय संसद् सचिवालयका अनुसार आज आठवटा मन्त्रीले छलफलमा उठेका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहेको छ ।

आज रक्षा मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, परराष्ट्र मन्त्रालय, उर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्रालय, खानेपानी मन्त्रालय र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिने छन् ।


प्रकाशित मिति : २०८० असार ११, सोमबार गते

धेरै पढिएको

ताजा समाचार