चार प्रदेशमा भारी वर्षा, मधेशमा हावाहुरीको सम्भावना


काठमाडौ, सोमबार पनि देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हो ।

महाशाखाका अनुसार दिउँसो कोशी, गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशका एक/दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै, मधेश प्रदेशका धेरै भू–भाग र बाँकी तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति कोशी, बागमती र गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक/दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ । राति पनि कोशी प्रदेश र मधेश प्रदेशका धेरै भू–भाग र बाँकी तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । महाशाखाका अनुसार आज बिहान कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।


प्रकाशित मिति : २०८० असार ११, सोमबार गते

धेरै पढिएको

ताजा समाचार