आज देशका सबै प्रदेशमा पानी पर्ने सम्भावना, केही ठाउँमा भारी वर्षा हुने


काठमाडौं, आज देशका सबैजसो प्रदेशमा पानी पर्ने सम्भावना छ । मनसुन विस्तारै देशभर फैलन थालेकाले अब सबैजसो प्रदेशमा पानी पर्न थाल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ/गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ/गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी , मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा र देशको बाँकी भू-भागका एक/दुई स्थानमा मेघ/गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी , मधेश र गण्डकी प्रदेशको एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।


प्रकाशित मिति : २०८० असार ६, बुधबार गते

धेरै पढिएको

ताजा समाचार