‘आदिपुरुष’का लेखक मनोजलाई ज्यान मार्ने धम्की, मुम्बई पुलिसले दियो सुरक्षा


एजेन्सी, बलिउड फिल्म आदिपुरुषका संवाद लेख्ने मनोज मुन्ताशिरलाई मुम्बई प्रहरीले सुरक्षा दिएको छ ।

फिल्मको विवादपछि मुन्ताशिरलाई केही व्यक्तिले ज्यान मार्ने धम्की दिएका थिए । एक प्रहरी अधिकारीले समाचार एजेन्सी पीटीआईलाई भनेका छन्, “हामीले मनोज शुक्लाबाट सुरक्षाको लागि निवेदन प्राप्त गरेका थियौं, त्यसपछि उनलाई सुरक्षा दिइएको छ।”

चलचित्र आदिपुरुष गत साता रिलिज भएदेखि नै विवादमा परेको छ । फिल्मका धेरै संवादलाई लिएर मानिसहरुले आपत्ति जनाएका छन् । फिल्मलाई लिएर भारत प्रदर्शन भइरहेको छ ।

सीता भारतमा जन्मेकी भन्ने संवादका कारण नेपालमा पनि चर्को आलोचना भइरहेको छ । नेपालभर आदिपुरुषको प्रदर्शन रोकिएको छ ।

चलचित्र आदिपुरुषका संवाद लेखेका मनोज मुन्तासिरले आइतबार जनताको चर्को आक्रोशलाई मध्यनजर गर्दै चलचित्रका केही संवाद परिवर्तन गर्ने घोषणा गरेका थिए ।

विवादका बाबजुद पनि फिल्मले ३४० करोडको व्यापार गरेको छ ।


प्रकाशित मिति : २०८० असार ५, मंगलवार गते

धेरै पढिएको

ताजा समाचार