ग्रीसमा युरोपकै खराब दुर्घटना, पानी जहाज डुब्दा ६ सय जनाको मृत्यु भएको शंका


एजेन्सी, विहीबार ग्रीसमा आप्रवासी बोकेको पानी जहाज दुर्घटना युरोपकै एक खराब दुर्घटना रहेको अधिकारीहरुले जनाएका छन् । जहाजबाट ७८ जनाको शव निकालिएको छ, एक सय जना भन्दा धेरैको जिवितै उद्दार भएको छ । तर, जहाजमा सयौँ जना रहेको शंका गरिएको छ ।बाँचेकाहरुले जहाजमा एक सय जना त बालबालिका मात्रै रहेको बयान दिएका छन् । उनिहरुले जहाजमा कुल ७ सय ५० जना रहेको बताएका छन् । यसरी हेर्दा अझै जहाजमा रहेका पाँच सय जना वेपत्ता भएको र उनीहरु अब जिवितै भेटिने सम्भावना नरहेको शंका गरिएको छ । ग्रीसको सरकारी टेलिभिजन ईआरटीका अनुसार दुर्घटनामा संलग्न रहेको आशंकामा हालसम्म ९ जना इटलिनयसहित १२ जनालाई हिरासतमा लिइएको छ। जहाज डुब्नबाट नरोकेको भन्दै ग्रीक कोस्टगार्डको आलोचना भइरहेको छ । उनीहरूले पहिले नै यो डुङ्गा आप्रवासीहरूले भरिएको देखेका र दुर्घटनाको सम्भावना हुँदाहुँदै पनि सावधानी नअपनाएको आरोप लागेको छ । अधिकारीहरूले कोस्टगार्डको बचाउ गर्दै भने, ‘उनीहरूले आप्रवासीहरूलाई मद्दत प्रस्ताव गरेका थिए । तर, आप्रवासीले नै सहयोग अस्वीकार गरे।’ उद्धारकर्ताहरूले अझै पनि दक्षिण/पश्चिम तटबाट लगभग ५० समुद्री माइल टाढा डुङ्गा पल्टिएको क्षेत्रमा खोजी गरिरहेका छन् तर थप जीवित व्यक्तिहरू फेला पार्ने आशा घट्दै गएको छ। डुङ्गा इजिप्टबाट इटलीतर्फ खाली प्रस्थान गरेको थियो र लिबियाको बन्दरगाहमा रोकिएको थियो जहाँ यसले इटाली जाने आप्रवासीहरूलाई चढाएको थियो ।


प्रकाशित मिति : २०८० असार १, शुक्रबार गते

धेरै पढिएको

ताजा समाचार