लघुवित्त संस्थाहरुले पनि कर्जाको पुनर्तालिकीकरण र पुनर्संरचना गर्न पाउने


काठमाण्डौ, नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्था र तिनका ऋणीहरुलाई राहात मिल्ने गरी नयाँ व्यवस्था ल्याएको छ।

केन्द्रीय बैंकले लघुवित्त संस्थाहरु जारी गरिएको एकीकृत निर्देशन, २०७९ मा नयाँ व्यवस्था थप गर्दै लघुवित्त संस्था र तिनका ऋणीहरुलाई राहात दिएको हो।

यसका लागि राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थामा पनि कर्जाको पुनर्तालिकीकरण र पुनर्संरचनासम्बन्धी व्यवस्था गरेको हो। यसअघि लघुवित्त संस्थाहरुका लागि यो व्यवस्था गरिएको थिएन।

अब लघुवित्त वित्तीय संस्थाले उक्त संस्थाका ऋणीहरुलाई कर्जा चुक्ता गर्न परेको कठिनाइलाई दृष्टिगत गरी आवश्यकता र औचित्यका आधारमा राष्ट्र बैंकले तोकेको सर्तहरुको अधीनमा रही एकपटकका लागि कर्जाको पुनर्तालिकीकरण वा पुनर्संरचना गर्न सक्नेछन्।

यस्ता छन् सर्तहरु

१. यस्तो पुनर्तालिकीकरण ररवा पुनर्संरचना २०८० असार मसान्तभित्र गरिसक्नुपर्नेछ।

२. २०७९ चैत मसान्तमा सक्रिय वर्गमा वर्गीकरण भएको कर्जालाई मात्र कर्जा भुक्तानी अवधि बढीमा १ वर्ष थप हुने गरी पुनर्तालिकीकरण ररवा पुनर्संरचना गर्न सकिनेछ।

३. उपर्युक्त बमोजिम पुनर्तालिकीकरण ररवा पुनर्संरचना गरिएका कर्जाहरुलाई ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ।

४. कर्जा पुनर्तालिकीकरण ररवा पुनर्संरचना गर्नुपर्ने स्पष्ट आधारहरु प्रत्येक कर्जा फाइलमा संलग्न हुनुपर्नेछ।

५. कर्जा पुनर्तालिकीकरण ररवा पुनर्संरचना गर्दाको दिनसम्म असुल हुन बाँकी ब्याजको कम्तीमा ५ प्रतिशत ब्याज रकम असुल उपर भएको हुनुपर्नेछ।

६. कर्जा पुनर्तालिकीकरण ररवा पुनर्संरचना गर्दा असुल हुन बाँकी ब्याजलाई पुँजीकरण गरी आम्दानी जनाउन पाइने छैन। उक्त रकमलाई छुट्टै खातामा लेखांकन गरी ब्याज असुल भएपश्चात मात्र आम्दानीका रुपमा देखाउन सकिनेछ।

७. पुनर्तालिकीकरण ररवा पुनर्संरचना गरेवापत ऋणीबाट कुनै पनि प्रकारको शुल्करहर्जाना लिन पाइने छैन।

८. पुनर्तालिकीकरण ररवा पुनर्संरचना गरिएका कर्जाको किस्ता लगातार ६ महिनासम्म नियमित भए पश्चात् मात्र त्यस्ता कर्जालाई असल कर्जामा वर्गीकरण गर्न तथा कर्जा नोक्सानी व्यवस्थामा समायोजन गर्न पाइने छ।

९. पुनर्तालिकीकरण ररवा पुनर्संरचना पश्चात् कर्जा नोक्सानी व्यवस्थाबाट ‘राइट ब्याक’ हुने अवस्था आएमा ‘राइट ब्याक’ गरिए बराबरको रकम सञ्चित मुनाफा खाता खर्च गरी छुट्टै खातामा लेखांकन गर्नुपर्नेछ। यसरी लेखांकन गरिएको रकमबाट लाभांश तथा कर्मचारी बोनस वितरण गर्न पाइने छैन।

पुनर्तालिकीकरण ररवा पुनर्संरचना गरिएको कर्जा असल बर्गमा बर्गीकरण भएपश्चात् मात्र उपरोक्त खातामा लेखांकन गरिएको रकम सञ्चित मुनाफा हिसाबमा समायोजन गर्न सकिनेछ।


प्रकाशित मिति : २०८० जेष्ठ ११, बिहीबार गते

धेरै पढिएको

ताजा समाचार