काठमाडौं, निजी वायुसेवा कम्पनी बुद्ध एयरका सञ्चालकद्वय वीरेन्द्रबहादुर बस्नेत र शिवेन्द्रबहादुर बस्नेतबीच सम्पत्ति विवाद चुलिएको छ ।
बुद्ध एयर प्रालिका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको निधनसँगै उनका दुई छोराहरू वीरेन्द्रबहादुर र शिवेन्द्रबहादुर बस्नेतबीच बुद्ध एयरभित्रको सम्पत्तिलाई लिएर सुरु भएको विवाद चुलिएर उग्र रूप लिएको हो ।
यसअघि धेरैपटक दाजु वीरेन्द्रबहादुरसँग आफ्नो परिवारको भागमा रहेको ४० प्रतिशत सेयरको हिसाबकिताब माग्दा अहिलेसम्म नदिएर हिनामिना गरेको भाइ शिवेन्द्रबहादुरको आरोप छ ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी बुबा सुरेन्द्रबहादुरका कान्छा छोरा शिवेन्द्रबहादुरले आफू बुद्ध एयरको ४० प्रतिशत सेयर हिस्सेदार भएको दाबी गर्दै दाजु वीरेन्द्रबहादुरले धेरैपटक माग्दा अहिलेसम्म कुनै पनि हरहिसाब पारदर्शी रूपले उपलब्ध नगराएको आरोप लगाएका हुन् ।
शिवेन्द्रबहादुरले धेरैपटक माग गरेको हिसाबकिताब अहिलेसम्म नदिनुले ६० प्रतिशत सेयर स्वामित्व भएका आफ्ना दाजु वीरेन्द्रबहादुरले बुद्ध एयरको सम्पत्तिमा ठूलो आर्थिक घोटला गरी आफूलाई मर्का पारेको आरोप लगाए ।
‘बुद्ध एयरलाइन्समा स्वर्गीय बुबा सुरेन्द्रबहादुर बस्नेतको ८० प्रतिशत सेयर स्वामित्व र दाजु वीरेन्द्रबहादुरको नाममा २० प्रतिशत सेयर कायम थियो ।
पछि बुबाले आफ्नो नाममा रहेको ८० प्रशित सेयरमध्ये ४० प्रतिशत दाजु वीरेन्द्रबहादुरसहित उहाँका परिवारका सदस्यको नाममा र बाँकी ४० प्रतिशत सेयर मेरो परिवारका सदस्यका नाममा गरिदिनुभएपछि हाल वीरेन्द्रबहादुरको भागमा ६० प्रतिशत र मेरो परिवारका सदस्यका नाममा ४० प्रतिशत सेयर स्वामित्व छ,’ शिवेन्द्रले भने ।
लामो समयदेखि अमेरिका बस्दै आएका शिवेन्द्रबहादुरले आफू पाइलट नै भएको जानकारी गराउँदै कामको सिलसिलामा अमेरिकामा बसोबास तथा व्यवसाय सञ्चालन गर्न थालेपछि आफ्नो बुद्ध एयरमा प्रत्यक्ष संलग्नता नरहेको भन्दै ४० प्रतिशत सेयर लगानीकर्ताको हकदार भएकाले आफ्नो कम्पनीको आर्थिक अवस्था बुझ्न खोज्दा दाइ वीरेन्द्रबहादुरले नदेखाउने गरेकाले अहिले आफू यो पत्रकार सम्मेलन गर्न बाध्य भएको बताए ।
बुबाको निधनपछि आफूले धेरैपटक बुद्ध एयर कम्पनीभित्रको आर्थिक हिसाब माग्दा कुनै जवाफ नआएपछि आगामी साधारणसभामा दिने भनेर दाजुले झुक्याइरहेको भन्दै उनले अहिले आफ्नो लगानीको हक अधिकार खोसिएको आरोप लगाएका छन् ।
धेरैपटक कम्पनीको हिसाब खोज्दा मलाई किन जवाफ दिइएन रु अहिले यो कम्पनीको हिसाबकिताब नै गोलमाल रहेको र २०७४ सालदेखि नै आफूहरूलाई साधारण सभामा समेत नबोलाएकाले त्यसबेलादेखि साधारण सभा नै नभएको उनको दाबी छ ।
बुबाले दुई छोराहरूको भागमा बराबरी ४०÷४० प्रतिशत सेयर बाँडिदिएपछि २०७५ सालदेखि आफ्नो परिवारको नाममा सेयर आउन थालेको जानकारी गराउँदै शिवेन्द्रले भने, ‘त्यतिबेलादेखि डिभिडेन्ट पनि आएको हो ।
तर, कति सेयरमा भन्ने मलाई थाहा छैन, अहिले यो विवाद चर्काएर मैले बुद्ध एयरको ब्रान्ड बिगार्न खोजेको होइन, आफ्नो सम्पत्तिको अधिकार मात्र खोजेको हो ।’
यही एयरलाइन्स कम्पनीबाट आम्दानी भएको ठूलो रकम घोटाला गरी आफूलाई झुक्याएर दाजुहरूले अन्य क्षेत्रमा सम्पत्ति जोड्दै गरेको देखिएको दाबी गर्दै शिवेन्द्रले भने, ‘यसरी धमाधम व्यक्तिगत रूपमा बनाइएका काठमाडौंका ६ वटा घर सम्पत्तिको कमाइको स्रोत के हो त रु अब यसको पनि छानबिन हुनुपर्छ ।’
कम्पनीमा ४० प्रतिशत सेयर लगानीकर्ताका तर्फबाट आफूले बुद्ध एयरले गरिरहेका काम कारबाही, आर्थिक हिसाबकिताब हेर्ने, भावी योजनाहरूका ’दयगतमा जान्ने र संस्थाको छविलाई अझै कसरी माथि उठाउन सकिन्छ भनेर वास्तविक अवस्था’दयगत आफूले बुझ्ने प्रयास गर्दा अहिलेसम्म लुकाएर आफूलाई हकदारविहीनजस्तो बनाइएकाले निकै चित्त दुःखेको शिवेन्द्रको भनाइ छ ।
यस कम्पनीसँग रहेका नौ वटा बीचएयरक्राफ्ट ९०० डी विमान बेच्दा र विभिन्न मितिमा १७ वटा एटीआर विमान खरिद गर्दा ४० प्रतिशतको हिस्सेदारसँग कुनै समन्वय र सहमति नलिएकाले अहिले दाजुका तर्फबाट आफूलाई ठूलो मर्का हुनेगरी आर्थिक घोटलाको खेल भइरहेको शिवेन्द्रको दाबी छ ।
‘यसबीचमा ६० प्रतिशत हिस्सेदारको नाममा काठमाडौंमा चारवटा घर, पोखरामा एउटा घर, रामेछाप, भैरहवा र भर्खरै खुलेको आरजु राइस मिलमा केही प्रतिशत बैंक ऋणसहित ५० करोड रुपैयाँ लगानी भएको छ ।
यसैगरी आरजु राइस मिलमा बुद्ध एयरको इन्जिनियरलाई फुलटाइम स्टाफका रूपमा काम गर्ने जिम्मेवारी दिएको र एयरलाइन्सको इन्जिनियरलाई चामल मिलको जिम्मेवारी दिनुले यसमा अर्को आर्थिक घोटला भएको आशंका गर्न सकिन्छ,’ शिवेन्द्रले भने ।
उनले यी सबै सम्पत्तिका स्रोतका अतिरिक्त यस्तै अन्य लुकेका वा लुकाइएका स्रोतको खोजी गर्ने काम अहिले आफूहरूबाट भइरहेको बताए ।
उनले यो सबै आर्थिक स्थिति हेर्दा कम्पनीले दिएको नाफा, बोनसलगायतबाट हुने आम्दानीको स्रोतसँग सम्पत्ति नमिलेको आरोप लगाएका छन् ।
बुद्ध एयरको हिसाबकिताबमा ठूलो आर्थिक चलखेल गरी आफूलाई झुक्याउने कामका लागि यस कम्पनीका फाइनान्स कन्ट्रोलरको पनि सहयोग वा संलग्नता रहेको हुनसक्ने आशंका आफूलाई लागेको शिवेन्द्रले बताए ।
यति मात्र नभएर शिवेन्द्रले ४० प्रतिशत सेयर हकदारलाई पूरै बेवास्ता गरिएको र हाल हिमालयन बैंकसमेतको ऋण लगानीमा बुद्ध एयर प्रालिले दुईवटा विमान खरिद गर्ने प्रक्रियामा रहेको तथा त्यसका लागि केही अग्रिम रकमसमेत भुक्तानी भएको जानकारी प्राप्त भएको तर आफूलाई बेवास्ता गरेको आरोप लगाए ।
दाजुको यस्तो कार्य आफूलाई चित्त नबुझेर शिवेन्द्रले सो कारोबारका सम्बन्धमा भएका आवश्यक प्रक्रियालाई स्थगित गरेर सहयोग गर्नसमेत सम्बन्धित बैंकलाई आग्रह गर्दा समेत बैंकले कुनै जवाफ नदिएपछि राष्ट्र बैंकमा पनि उजुरी दिएको बताए ।
उनले अहिले कम्पनी रजिष्ट्रारको कार्यालयमा पनि आफैले सेयर लगानीकर्ताको हकदारको हैसियतमा यस कम्पनीको वास्तविक अवस्था र त्यहाँ पेस गरिएका कागजपत्रका विषयमा जानकारी माग गरिएको बताए ।
बुद्ध एयरका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको गत १० पुसमा निधन भएको थियो । भोजपुर दिङ्लाको साल्मामा जन्मिएका बस्नेतले ७० वर्ष उमेर पुगेपछि बुद्ध एयरको सुरुवात गरेका थिए ।
उनको निधन ९५ वर्षको उमेरमा भएको थियो । आफ्ना बाबुको निधनपछि अहिले यी दुई छोराबीचको बुद्ध एयरको सम्पत्ति विवादले उग्र रूप लिएको छ ।