काठमाडौं, लुम्बिनी घुम्न आउने धार्मिक पर्यटकलाई निःशुल्क चढ्नका लागि लक्ष्मी केयर्सले लुम्बिनी विकास कोषलाई दुई थान विद्युतीय गाडी प्रदान गरेको छ ।
लुम्बिनीमा शुक्रबार आयोजित एक कार्यक्रमका बीच सो विद्युतीय सवारीहरु लक्ष्मी केयर्सका अध्यक्ष अनुप श्रेष्ठ र पूर्व अध्यक्ष तथा सल्लाहकार शिशु जोशीले संयुक्त रुपमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय शाक्यपुत्तलाई हस्तान्तरण गरे ।
कार्यक्रममा लुम्बिनी विकास कोषका कार्यकारी सञ्चालक समितिका सदस्यहरु तथा लक्ष्मी केयर्सका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।
आउँदो बुद्व जयन्तीको अवसरमा लुम्बिनी भ्रमणमा आउने धर्मावलम्बीहरुको सुविधालाई ध्यानमा राख्दै विद्युतीय सवारीहरु प्रदान गरिएको बैंकको भनाइ छ ।
लक्ष्मी बैंकका कर्मचारीद्वारा स्थापित गैर सरकारी संस्था लक्ष्मी केयर्सले ज्येष्ठ नागरिक, फरक क्षमता भएका व्यक्ति लगायतका धर्मावलम्बी तथा पर्यटकहरुलाई लुम्बिनी सम्पदा क्षेत्र परिसरभित्र निःशुल्क यात्राका लागि विद्युतीय गाडी कोषलाई सहयोग गरेको बैंकले जनाएको छ ।
लक्ष्मी केयर्सले गत १८ चैत २०७९ मा काठमाडौंमा आयोजना गरेको अरेन्ज भाइब्स, २०२३ सांगीतिक कार्यक्रममा संकलित रकमबाट विद्युतीय सवारीहरु सहयोग प्रदान गरेको हो ।