सामसङ एस २३ अल्ट्रा थप परिष्कृत बन्यो


सामसङ चाहन्छ आफ्ना फोन उपभोक्ताले बर्षौं चलाउन बर्षेनी परिवर्तन गरिनरहुन्

 

सामसङले आफ्नो फ्ल्यागसिप सेरिज एस २३ नेपाली बजारमा औपचारीक रुपमा लन्च गरेको छ । हायात रिजेन्सिमा आयोजित एक विशेष समारोहमा सामसङ नेपालका भाईस प्रेसिडेन्ट सुङ जुन पार्क, निर्देशक प्रणय रत्न स्थापित, नायक अनमोल के.सी. तथा मिस नेपाल प्रियँका रानी जोशीले संयुक्त रुपमा सामसङ ग्यालेक्सि एस २३ सेरिजको अनावरण गरे ।

सामसङको फ्ल्यागसिप सेरिज एस २३ गएको फेब्रुअरी १ तारिकका दिन विश्व बजारमा अनावरण गरिए लगत्तै नेपाली बजारमा भित्र्याईएको हो । नेपाली बजारमा यस सेरिजका स्मार्टफोनको प्रिबुकिङ यस अगाडिनै शुरु गरिसकिएको छ । विभिन्न बण्डल अफरका साथमा शुरु गरिएको प्रिबुकिङ निक्कै उत्साहजनक रहेको कम्पनीका प्रतिनिधिहरुले बताउँदै आएका छन् ।

आधुनिक प्रविधिका क्षेत्रमा नयाँ खोज, आन्वेषण र प्रयोग गर्न कत्ति पनि नहिच्किचाउने सामसङले विश्व मोबाइल बजारमा निरन्तर नयाँपन र उत्साहजनक विशेषता दिन सफल हुँदै आएको छ । आफ्ना उत्पादनहरुलाई उपभोक्ताको उत्पादकत्वसँग जोडेर मनोरन्जन र साधारण संचारको साधन भन्दा माथि उकास्न सफल सामसङले मोबाइलको प्रयोगको पद्धती र प्रयोजननै बदल्न सफल हुँदै आएको छ भन्दा अतियुक्ति नहोला ।

सामसङले आफ्ना मोबाइल फोनहरुमा आत्मसाथ गर्ने नयाँ फिचर र निरन्तर गरिरहेको आन्वेषणले सामसङलाई अस्थिर ब्राण्डको रुपमा लिने क्रिटिक्सहरुको पनि यहाँ कमी छैन । तर सामसङले पछिल्ला बर्षहरुमा अपनाएको पद्धती र हाँसिल गरेको परिपक्कताको तिनै क्रिटिक्सहरु खुलेरै प्रसंसा गर्न थालेका छन् । नेपाली बजारमा अनावरण गरिएको सामसङ ग्यालेक्सि एस २३ अल्ट्रा त्यसैको एउटा उदाहरण हो । यसको अधिललो सेरिज एस २२ अल्ट्राको डिजाइन ल्याङवेजमा आधारीत एस २३ अल्ट्राले एस २२ अल्ट्रामा भएका राम्रा फिचर तथा विशेषतालाई कायम राख्दै पावर, परफरमेन्स र स्टेविलिटिमा थप परिस्कृत बनेको देखिन्छ । सामसङले पछिल्लो समयमा निर्माण गरेका सबै स्मार्टफोनहरु दिर्धकालिन प्रयोगको संभावनालाई मध्यनजर गर्दै निर्माण तथा डिजाईन गरेको प्रष्टै देख्न सकिन्छ ।

एस २३ अल्ट्रा डिजाइनका हिसावले एस २२ अल्ट्रा भन्दा धेरै फरक छैन । विश्व मोबाइल बजारमै सर्बाधिक रुचाईएको डिजाइन एस २२ अल्ट्रा भन्दा एस २३ अल्ट्राको डिजाइनलाई आत्मसाथ गरिनुमा सामसङले आफ्नो प्रोडक्ट स्ट्रटेजिमा गरेको परिवर्तननै प्रमुख कारण हुनुपर्छ जसको छनक सामसङले फोल्ड फोर सेरिजमै देखाईसकेको थियो । फोल्ड थ्रिको तुलनामा डिजाइनमा खासै परिवर्तन नगरिएको फोल्ड अब स्टेबल र परिस्कृत बनिसकेको संकेतका रुपमा प्रविधि विज्ञहरुले लिएका थिए । जसको निरन्तरता एस २३ अल्ट्रा सेरिजमा देखियो भने एस २३ प्लस र एस २३ मा समेत एस २२ सेरिजबाट डिजाइन एडप्सन गरिएको प्रस्ट सँग देखिने गरि आफ्नो प्रोमोसनल भिडियोमा क्यामेरा मोड्युलमा गरिएको सामान्य परिवर्तनलाई तुलना नै गरेर देखाउनुलाई धेरैले अर्थपूर्ण ठानेका छन् ।

सामसङले आफ्ना स्मार्टफोन खासगरी फ्ल्यागसिप प्रोडक्टको लाईफ साईकलमा उल्लेख्य बृद्धि भएको सन्देश अप्रतक्ष्य रुपमा प्रवाह गरिरहेको अनुभव गर्न सकिन्छ । दुई लाख रुपैंयाको हाराहारी खर्चिएर किनेको आफ्नो ट्रेण्डि ग्याजेट एक बर्षमै आउटडेटेट हुँदा सामसङका धेरै फ्यानहरुले निराशा ब्यक्त गर्ने गरेको विगतको ठिक विपरित सामसङले फोल्ड, फ्ल्पि र एस सेरिजमा समेत अधिल्लै जेनेरेसनको डिजाइन एडप्टेसन गर्नुको अर्थ पक्कै पनि सानो छैन । अब ति सबै फ्यानका वेखुसीहरुको समाधान सामसङले दिएको छ भने प्रविधिक स्तरोन्नती अपरिहार्य भएका उपभोक्ताले डिजाइनमा समानता भएपनि त्यसमा गरिएको प्राविधिक परिवर्तनका कारण उपभोक्ता आकर्षित हुनेछन् भन्ने पक्षलाई सामसङले पक्षपोषण गरेको छ । सफ्टवेयर तर्फ समेत सामसङले अपरेटिङ सिस्टम अपग्रेड पोलिसिमा समेत निरन्तर सुधार ल्याइरहेको छ । अहिले किनिएका एस २३ सेरिजका स्मार्टफोनले फोर जेनेरेसन ओएस अपग्रेड प्राप्त गर्नेछन् । अर्थात सन् २०१७ को अन्त्य सम्म पनि अहिलेको एस २३ अल्ट्र उत्तिकै स्मार्ट र लेटेस्ट रहनेछ । सामसङको एस २२ अल्ट्रा डिजाईन र प्रोडक्टिभिटिको लागि किनेका उपभोक्ताले एस २३ अल्ट्रामा तुरुन्तै अपग्रेड गर्नुपर्ने बाध्यता अव छैन । भने अर्कातर्फ आज कुनै अन्य मोडलका वा ब्राण्डका स्मार्टफोनबाट अपग्रेड हुने ग्राहकले धेरै स्मार्टफोन उत्पादकले अवका केही जेनेरेसनमा समेत दिन संभव नभएका फ्युचरस्टिक डिजाइन र फिचरप्याक्ड स्मार्टफोनको रुपमा एस २३ अल्ट्रा पस्किएको छ ।

सामसङका प्ल्यागसिप स्मार्टफोनको डिजाइन फ्युचरस्टिक छन्, स्पेसिफिकेसन गज्जबका छन्, हार्डवेयर अवको पाँच बर्षपछी पनि आउटडेटेट नहुने किसिमका छन्, अनि सफ्टवेयरको चार जेनेरेसनको निरन्तर अपग्रेड प्राप्त हुन्छ । यो सामसङले आत्मसाथ गरेको सानो परिवर्तन होईन । हिजोका दिनमा बर्षेनी डिजाइनमा क्रान्तिकारी परिवर्तन दिने सामसङमा रहेको डिजाइन सेन्स र सक्षमता घटेको होइन । बरु दिनप्रतिदिन प्रविधिमा भएका विकासलाई आत्मसाथ गर्ने सामसङले महङा बन्दै गएका स्मार्टफोनका प्रयोगकर्ताले लाखौं खर्चिएर किनेका आफ्ना स्मार्टफोनको बढी भन्दा बढी समय प्रयोग गरुन्, डिजाइनकै कारण बर्षेनी अपग्रेड गर्नुपर्ने बाध्यता नरहोस् भन्ने अपेक्षा राख्न थालेको अनुभव गर्न सकिन्छ । यो सामसङको उपभोक्ता प्रतिको लोयालिटी र सस्टेनिविलिटीमा गरिएको प्रतिवद्धता पनि हो । रिसाइकल मेटेरियल्सको प्रयोग गरि पर्यावरण घटाउँछु भन्ने अनि अर्कातर्फ बर्षेनी डिजाइनमा परिवर्तन गरेर उपभोक्तालाई फोन फेरिरहन उत्प्रेरित गर्ने कन्ट्राडक्टरी सोच विपरित विधुतीय फोहोर कम गर्ने सकारात्मक सोच द्वारा प्रेरित हो भने यसलाई इतिहासकै उत्कृष्ट ब्यावसायिक नीति मान्न सकिन्छ । जसले पर्यावरणको रक्षा गर्दै ब्यावसायिकता र ब्यापार भन्दा माथि हाम्रो पर्यावरण राखिनुलाई सानो कुरा पक्कै होइन । यसले दिर्धकालमा उपभोक्ताको मन जितेर सामसङले लोयल कस्टमर मात्र होइन त्यो भन्दा अझ माथि फ्यान फलोइङ निर्माण गर्ने निश्चित छ ।

सामसङले एस २३ अल्ट्रामा डिजाइनमा खासै परिमार्जन नगरिकनै केही महत्वपूर्ण परिवर्तनहरु समेत गरेको छ । अमेरिकी युट्युबर मार्केस ब्राउन्लीले एस २३ अल्ट्रा बाट खिचिएको चन्द्रमाको तस्विरलाई उनका लाखौं फ्यान मात्र होइन सितिमिती अरुको राम्रो नभन्ने टेस्ला प्रमुख एलन मस्कले समेत प्रसंसा गरेका छन् । एस २३ अल्ट्राको क्यामेरामा गरिएको ठूलो अपग्रेटको सर्बत्र चर्चा र प्रसंसा गरिंदो छ । मानिसको आँखाले भन्दा बढी कलर र डिटेल क्याप्चर गर्नसक्ने २०० मेगापिक्सेलको यो क्यामेराले धेरै डिएसएलआर क्यामेरा र प्रोफेसनल क्यामेराम्यानलाई मात दिनसक्ने आफूलाई प्रमाणीत गरेको छ । हलिवुड निर्देशक रिड्ली स्कटले एस २३ अल्ट्रा मात्र प्रयोग गरेर सर्ट मुभी निर्माण गरेका छन्, जसको ट्रेलरलेनै ब्यापका तारिफ पाईसकेको छ । एस २३ अल्ट्राको क्यामेरामा मेगापिक्सेलको बृद्धि मात्र नभएर यसमा प्रोफेसनल ग्रेडका कन्ट्रोल र स्टेविलिटी समेत प्राप्त भएको छ । सामसङले प्रदान गरेको प्रोफेसनल र मोड र भिडियो स्टेविलिटीमा एस २३ अल्ट्राले कायम गरेको बेन्चमार्कको नजिक पनि आईपुग्न धेरैलाई गाह्रो पर्ने निश्चित छ ।

डिजाइन, फिचर, स्पेसिफिकेसन र प्रोडक्टिभिटीमा सामसङ एस २३ अल्ट्राले हाँसिल गरेको ब्यालेन्सको जति तारिफ गरेपनि कमैहुन्छ भने यसको पावर र परफरमेन्सका बारेमा थप जानकारी यसको डिटेल रिभ्यु पश्चात प्रश्तुत गरिनेछ ।

 

 


प्रकाशित मिति : २०७९ माघ २७, शुक्रबार गते

धेरै पढिएको

ताजा समाचार