गैडाटारको चादीनदि को पुल कहिले बन्ला ? एक दशकसम्म पनि भएन पुल निर्माण


आशिष लामिछाने, रौतहट  चैत्र २० २०८०:   रौतहटको चन्द्रपुर नगरपालिको वडा नम्बर ३ गैडाटार र चन्द्रनिगाहपुर जोड्ने चादी नदीमा निर्माण शुरु गरिएको पुलको निर्माण सम्पन्न गरिसक्नु पर्ने समयभन्दा २ बर्ष वितिसक्दा पनि आधा काम पनि हुन सकेको छैन । चन्द्रनिगाहपुर–गैँडाटार जोड्ने पुलको २०७३ पुसमा शिलान्यास गरिएको थियो। जसले गर्दा हरेक बर्ष गैडाटारका स्थानियले सास्ति खेप्दै आएका छन । रौतहटमा बर्षातको समयमा चन्द्रपुर नगरपालिकाको वडा नम्बर ३ गैडाटार र चन्द्रनिगाहपुर सडकखण्डमा पर्ने चादी खोलामा निर्माणधिन पुल तोकिएको समयावधिमा निर्माण सम्पन्न नहुदा गैडाटारबासीले सास्ति खेप्दै आएका हुन ।

गैडाटारको चादीनदि को पुल कहिले बन्ला ? - Kalampati

उक्त पुल समयमा बनाउन माग राख्दै रौतहट क्षेत्र नं–४ का संघीय सांसद देवप्रसाद तिमल्सिनाले पटक–पटक संसद्‌मा कुरा उठाउँदै आएका छन्। समयमा काम नगर्ने ठेकेदारलाई सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले पटक–पटक म्याद थपेकाले ठेकेदारको मनोमानी बढेको चन्द्रपुर–३ का वडाध्यक्ष बोधनाथ देवकोटाको भनाइ छ।

उक्त पुल निर्माणको जिम्मा पप्पु शिवशंकर जेभीले पाएको थियो। उक्त पुल ४६९ मिटर लम्बाइ र साढे ७ मिटर चौडाइ रहेको छ। ११ ओटा स्पाम रहेको पुल दुईपटक म्याद थप गरेर २०७६ असारमा सम्पन्न गर्ने सम्झौता थियो। पहिलो चरणमा डेढ वर्ष तथा पछिल्लो समयमा ६ महिनाका लागि म्याद थप भएको हो।

पटक–पटक म्याद थप भए पनि पुल बन्न सकेको छैन। निर्माण कम्पनीको चरम लापरबाहीले समयमा पुल निर्माण सम्पन्न हुन नसकेको गैँडाटारका लालबहादुर दोङले बताए। निर्माण कम्पनीले प्रतिबद्धतानुसार काम नगरेको र अझै चारवटा स्पाम ढलान बाँकी रहेको उनले बताए।

पुल निर्माणमा ढिलाइ, गैँडाटारबासीलाई सास्ती

निर्माण कम्पनी तथा डिभिजन सडक कार्यालयलाई पटक–पटक ताकेता गरेपछि काम सुरु गरे पनि सुस्त गतिमा भइरहेको चन्द्रपुर नगरपालिका–३ का गोविन्द तिमल्सिनाले बताए। स्थानीयले ठेकेदारसँग मिलेमतो गर्ने चन्द्रनिगाहपुरस्थित सडक डिभिजन कार्यालयका प्रमुख र साइड इन्जिनियरको सरुवाको माग गरेका छन्।

बर्षाको समयावधिमा चादी खोलामा अत्याधिक पानी बहाव बढेपछि स्थानिय गैडाटारबासीहरु आवतजावतमा अवरोध हुने गरेको छ । पप्पु शिव शंकर जेभी कम्पनि गरुडा रौतहटले भ्याटसहित २५ करोड ३६ लाख २४ हजार २८२ रुपिया ६० पैसामा ठेक्का सकारेको निर्माण कम्पनि २०७३ साल पुसमा निर्माण सम्झौता गरेको सो पुल २०७६ असार सम्ममा निर्माण सम्पन्न गरिसक्नु पर्ने थियो तर निर्माण समयावधि वितेको २ बर्ष भइसकेको छ तर हालसम्म पुल निर्माणको काम आधा समेत सम्पन्न हुन सकेको छैन । जसले गर्दा खोलाको पानीको बहाव कति बेला कम होला र खोला तरेर गन्तब्य स्थल पुगौला भन्ने चिन्तामा स्थानिय रहदै आएका छन । गैडाटारहरुका किसानहरुले दुध , बिरामी लगायत अति आवश्यक कामका लागी चन्द्रनिगाहपुर नै जानु पर्ने बाध्यात्मक परिस्थिती रहेको छ । बिरामीहरुलाई समयमा नै अस्पतालमा पुर्याउन नसक्दा र खोलाले बगाउदा हरेक बर्ष गैडाटारबासीको मृत्यु हुने गरेको छ ।

पुल निर्माणमा ढिलाइ, स्थानीयलाई सास्ती :: निर्माणपाटी संवाददाता :: पुल  निर्माणमा ढिलाइ, स्थानीयलाई सास्ती

पुल निर्माणमा ढिलाइ हुदा स्थानियबासीले बारम्बार ताकेता गर्दा समेत निर्माण कम्पनिले चासो नदेखाएकाले स्थानियबासी २÷३ घण्टा खोलाको डिलमा पानीको बहावमा कमी आएपछि जोखिमपुर्ण यात्रा गर्ने गरेका छन । समयमा नै पुल निर्माण सम्पन्न हुन नसकेपछि निर्माण कम्पनि ,सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरसँग पुल निर्माणमा तिब्रता दिने लिखित सहमति भएको भएतापनि पुल निर्माणमा गति लिन नसकेको स्थानिय लाल बहादुर दोङ बताउनु भयो  ।

निर्माण कम्पनिसँग भएको सम्झौता अनुसार यति बेला स्थानिय पुलबाट आवतजावत गरि सक्नु पर्ने थियो । तर ११ स्परमध्ये हाल ४ ओटा स्पर मात्र निर्माण सम्पन्न भएको १ स्पर निर्माणको काम भइरहेको छ भने ६ ओटा स्पर निर्माणको काम शुरु समेत भएको छैन । पुल निर्माणमा जिम्मेवार पाएका निर्माण कम्पनिहरुले तोकिएको समयमा नै निर्माण कार्य सम्पन्न गर्न गराउन नेपाल सरकारले नै कडाई गर्नु पर्न आवश्यकता स्थानियले औल्याएका छन ।


प्रकाशित मिति : २०८० चैत्र २०, मंगलवार गते

धेरै पढिएको

ताजा समाचार