न्यायको माग गर्दै देशभरिबाट काठमाडौँ आउँदै मिटरब्याज पीडितको न्यायमार्च, तस्बिरहरू


काठमाडौँ । न्यायको माग गर्दै देशभरिबाट संघीय राजधानी काठमाडौँतर्फ आइरहेका छन् । शहीद दिवसका दिन पूर्वको झापा र पश्चिमको महेन्द्रनगरबाट एकैसाथ पैदलयात्रा थालेका उनीहरू बिहीबार चितवन आएर मिसिएका छन् । त्यहाँबाट उनीहरूको ठुलो समूह पैदल हिँडेर काठमाडौँतर्फ आइरहेको छ ।

आफूहरूले पटक–पटक आन्दोलन गर्दा पनि सरकारले सुनुवाइ नगरेको भन्दै उनीहरूले मिटरब्याज पीडित संघर्ष समिति गठन गरेर देशव्यापी मिटरब्याज पीडितहरूलाई संगठित गरेर न्याय मार्च गरिरहेका छन् ।

यसअघि सरकारले छानबिन आयोग नै गठन गरेर मिटरब्याजको समस्या समाधानको पहल थाले पनि त्यसबाट आफूहरूलाई पूर्ण न्याय नमिलेको उनीहरूको गुनासो छ ।

सरकारले भने आयोगले समस्या समाधान गरेको भन्दै आयोगको प्रतिवेदन भने दराजमा थन्काएर राखेको छ । सो आयोगले करिब ५ हजार मिटर ब्याज पीडितको समस्या समाधान गरेको छ भने अब १५ हजारभन्दा धेरै पीडितहरूको समस्या भने ज्यूँकात्यूँ छन् ।

meterbyaj pidit (2)meterbyaj pidit (10)meterbyaj pidit (11)


प्रकाशित मिति : २०८० फाल्गुन ४, शुक्रबार गते

धेरै पढिएको

ताजा समाचार