चितवनको उद्योग वाणिज्य सङ्घ अध्यक्षमा सुमन कुमार श्रेष्ठ निर्वाचित


चितवन, पुस २४ गते ।  उद्योग वाणिज्य सङ्घ चितवनको अध्यक्षमा सुमन कुमार श्रेष्ठ निर्वाचित हुनु भएको छ । मङ्गलवार बिहान सकिएको मत गणना अनुसार श्रेष्ठले झन्डै दोब्बर मत अन्तरले शिरीष पन्तलाई पछाडि पार्दै विजयी हुनु भएको हो ।

मत परिणाम अनुसार सुमनकुमार श्रेष्ठ एक हजार ५१५ प्राप्त गर्नुभएको थियो भने पन्तले आठ सय ४३ प्राप्त गर्नुभएको थियो । त्यसै गरी निर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष

चिरञ्जीवी सुवेदी, उपाध्यक्ष वाणिज्यतर्फ, राजेन्द्र ओली, उपाध्यक्ष उद्योगतर्फ अशोक अधिकारी, उपाध्यक्ष कर्पोरेटतर्फ नारायण प्रधान निर्वाचित हुनु भएको छ ।

कार्यसमितिमा अन्य सदस्यहरू समेत निर्वाचित भएका छन् ।


प्रकाशित मिति : २०८० पुष २४, मंगलवार गते

धेरै पढिएको

ताजा समाचार