काठमाडौँ — विश्वभर सामाजिक सञ्जाल एक्स(ट्विटर) डाउन भएको रिपोर्ट प्राप्त भएको छ । सोसल मिडिया प्लाटफर्म एक्स र एक्स प्रो बिहीबार बिहानैदेखि डाउन भएको डाउनडिटेक्टर डटकमले जनाएको छ ।

एक्सका प्रयोगकर्ताले यतिबेला आफ्ना पोस्ट र टाइमलाइनमा केही पनि हेर्न पाएका छैनन् । एक्समा ‘वेलकम टु एक्स’ भन्ने मात्रै देखाउँछ भने पहिले ट्विटडेक भनेर चिनिने एक्स प्रोमा भने ‘वेटिङ फर पोस्ट’ भन्ने सन्देश पनि देखिएको छ ।

