विशेष सेवा ऐनको साविक व्यवस्था जगाउने विधेयक राष्ट्रिय सभामा पेश


काठमाडौँ, भदौ ९ गते । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ राष्ट्रिय सभामा दफावार छलफलका लागि पेश गर्नुभएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयक मन्त्री गौतमले राष्ट्रिय सभाको बैठकमा पेश गर्नुभएको हो ।

विधेयकमा नेपाल विशेष सेवा ऐन, २०४२ मा रहेको साविकको व्यवस्था पुनः कायम गर्ने प्रस्ताव गरिएको छ । राष्ट्रिय सभामा पेश भएको विधेयकमाथि अब दफावार छलफलको प्रक्रिया अघि बढ्नेछ ।


प्रकाशित मिति : २०८३ भाद्र ९, मंगलवार गते

धेरै पढिएको

ताजा समाचार