विज्ञ र सञ्चारकर्मीका सुझाव समेटेर मन्त्रालय अघि बढ्छ : निशा मेहता


 स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सरकारले शासकीय सुधारका सय वटा कार्यसूचीमा केन्द्रित भएर काम गरिरहेको बताउनुभएको छ ।

आइतबार मन्त्रालयका सञ्चारकर्मीसँगको भेटघाटमा उहाँले प्रधानमन्त्री वालेन्द्र साहले उक्त कार्यसूचीमा काम गर्न निर्देशन दिएकाले त्यसलाई सम्पन्न गर्न आफूहरूको ध्यान केन्द्रित भएको बताउनुभएको हो ।

मन्त्री मेहताले मन्त्रालयमा धेरै सुधारका काम गर्नुपर्नेमा जानकारी रहेको भन्दै आगामी दिनमा सोही कामलाई सम्पन्न गर्न लागिपर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

उहाँले आफ्नो मन्त्रालयले कम्तिमा १५ दिनमा सञ्चारकर्मीसँग भेटघाट गरी मन्त्रालयको कामकारबाहीका बारेमा जानकारी गराउने पनि बताउनुभयो ।

मन्त्री मेहताले मन्त्रालयले सम्बन्धित क्षेत्रका विज्ञहरू, सञ्चारकर्मीलगायतका सुझावलाई ध्यानमा राखेर काम गर्ने पनि बताउनुभयो ।मन्त्री मेहताले मन्त्रालयमाआउने गरेका गुनासो पनि सम्बोधन हुँदै जाने बताउनुभयो ।


प्रकाशित मिति : २०८३ जेष्ठ २४, आईतवार गते

धेरै पढिएको

ताजा समाचार