प्रतिनिधि सभा विघटनको सुनुवाइ स्थगित


प्रतिनिधि सभा विघटनको सुनुवाइ स्थगित भएको छ।प्रधानन्यायाधीश मनोजकुमार शर्मा नियुक्त भएपछि बुधबार बस्दै आएको संवैधानिक इजलास नबसेपछि स्थगित भएको हो।

सपना प्रधान मल्ल कायममुकायम प्रधानन्यायधीश रहँदा सोमबार र बुधबार संवैधानिक इजलास बस्दै आएको थियो।

आजका लागि तोकिएको प्रतिनिधि सभा विघटनका २० वटा रिट स्थगित सूचीमा राखिएको हो।

सर्वोच्चका प्रवक्ता एवं सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले संवैधानिक इजलास नबसेकाले स्थगित भएको बताए।

अर्को पेसी कहिलेलाई राखिएको छ भन्ने खुलिसकेको छैन।


प्रकाशित मिति : २०८३ जेष्ठ ६, बुधबार गते

धेरै पढिएको

ताजा समाचार