पाकिस्तानसँगको युद्ध विवादका कारण अफगानिस्तानको सीमावर्ती गाउँ बारिकोटमा विद्यालय स्तरका कुनै बालबालिका नभएको र युद्धमा विद्यालयमा आक्रमण भए पछि विद्यालय परिसर सुनसान भएको जनाइएको छ । गत फेब्रुअरीको अन्त्यमा द्वन्द्व फैलिएपछि लगभग आठ हजार बासिन्दा सिमावती क्षेत्रबाट भागेको जनाइएको छ ।
यस क्षेत्रमा प्राथमिकदेखि उच्च मा.बि.सम्मका विद्यालय रहेता पनि विद्यालय परिसर द्धन्द्धले क्षेतिग्रस्त भएको जनाइएको छ । संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसिएच्ए) का अनुसार अफगानिस्तानको उत्तरपूर्वी कुनार प्रान्तमा तत्काल पुनर्निर्माणको आवश्यकता पर्ने २२ मध्ये बारिकोट विद्यालय पनि एक हो । युद्धबाट विस्थापित लगभग १२ हजार विद्यार्थीलाई अफगानिस्तानमा सिकाइ कक्षाह सञ्चालन गर्न सुरक्षित ठाउँ चाहिने ओसिएएचएले रिपोर्ट गरेको छ ।
संयुक्त राष्ट्रसङ्घका अनुसार चिनले वार्ताको मध्यस्थता गर्नु अघि अफगानिस्तानमा सीमा क्षेत्र लगायत देशका अन्य ठाउँमा सयौँ नागरिक मारिएका थिए । पाकिस्तानमा घातक आक्रमण गर्ने पाकिस्तानी तालिबानका आतङ्ककारीलाई अफगानिस्तानले शरण दिएको आरोप इस्लामाबादले लगाएको छ । बारिकोटका बासिन्दाले हिंसाको जिम्मेवार इस्लामाबाद भएको जनाएका छन् ।
करीव ९४ हजार भन्दा बढी अफगान युद्धबाट विस्थापित भएको ओसिएचएको तथ्याङ्कले देखाएको छ भने सबै भन्दा बढी कुनार प्रान्तमा छन् । तिनीहरूमध्ये हजारौँ कुनार नदीको किनारमा संयुक्त राष्ट्रसङ्घले सहयोग गरेका तिरपालले बनेको अस्थायी शिविरमा बसिरहेका छन् । नदीको पानी पिउन योग्य नभएको कारण नजिकैको कुवाबाट पानी सङ्कलन गर्न एक घण्टा भन्दा बढी समय लाग्ने उनीहरुले जनाइएका छन् ।
विस्थापित अफगानलाई समर्थन गर्ने नर्वेजियन शरणार्थी परिषद्का प्रवक्ता मैसम सफीले स्थिति डरलाग्दो भएको बताउदै उनीहरूको तत्कालको आवश्यकता आश्रय, वास ,पानी, सरसफाई भएको उल्लेख गर्नु भएको छ । शिविर रहेको मारवारा गाउँ र प्रान्तीय राजधानी असदाबादमा विद्यालय विस्तापितले भरिएको कुनारका सूचना प्रमुख नजीबुल्लाह हनीफले बताउनु भएको छ ।
मोहम्मद अमिन शाकिर विस्थापित हुनु अघि प्राथमिक विद्यालयका प्रिन्सिपल रहेको उल्लेख गर्दै आफ्ना २०० जना विद्यार्थीका लागि विद्यालय बन्द भएकाले उनीहरु शिक्षाबाट पूर्णरूपमा वञ्चित रहेको बताउनु भएको छ ।

