कांग्रेस केन्द्रीय कार्यालयमा बढ्यो चहलपहल, सभापति थापाले पदवहाली गर्दै


काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा नेता कार्यकर्ताको चहलपहल बढेको छ । विशेष महाधिवेशनबाट नवनिर्वाचित सभापति गगनकुमार थापाले आज पदवहाली गर्ने भएसँगै कार्यालयमा चहलपहल बढेको हो ।

काठमाडौँमा गत माघ १ गते सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट पूर्व महामन्त्री थापा सभापति पदमा सर्वसम्मत चयन भएका थिए । नवनिर्वाचित कार्यसमितिको बैठक पनि आजै पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको छ ।

दिउँसो १ बजे बस्ने उक्त बैठकमा आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचन र मुलुकको समसामयिक राजनीतिक विषयमा केन्द्रित रहेर छलफल हुने पार्टी कार्यालयले जनाएको छ ।

केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरूलाई उपस्थित हुन अनुरोध गरिएको छ । विशेष महाधिवेशनबाट नेतृत्वमा आएका थापाले आजैबाट औपचारिक रूपमा पार्टीको कमान्ड सम्हाल्न लागेका हुन् ।


प्रकाशित मिति : २०८२ माघ १०, शुक्रबार गते

धेरै पढिएको

ताजा समाचार