नेत्रहिन विश्व कप – नेपाल पहिलो पटक सेमिफाइनलमा


नेपाल पाकिस्तानमा जारी नेत्रहिन टि ट्वान्टी विश्वकपको सेमिफाइनलमा पुगेको छ ।

६ देश सहभागी विश्व कपको लिगमा चौथो स्थानमा रहँदै नेपाल पहिलो पटक सेमिफाइनल पुगेको हो । नेपालले सन् २०१२ देखि विश्व कपमा सहभागी हुँदै आएको छ ।

नेपालले आइतवार हुने सेमिफाइनलमा घरेलु टोली पाकिस्तानको सामना गर्दैछ । लिगमा शीर्षस्थानमा रहँदै पाकिस्तान अन्तिम चारमा पुगेको हो।

पाकिस्तानले लिग चरणमा नेपाललाई १० विकेटले पराजित गरेको थियो ।

लिग चरणमा श्रीलंका, बंगलादेश र पाकिस्तानसँग पराजित नेपालले दक्षिण अफ्रिका र अफगानिस्तानलाई हराएको थियो । नेपालसँग पराजित दक्षिण अफ्रिका र अफगानिस्तान लिग चरणबाटै बाहिरिएका छन् ।

अर्को सेमिफाइनल बंगलादेश र श्रीलंकाबीच हुनेछ । लिग चरणमा पहिलो र चौथो तथा दोस्रो र तेस्रोबीच सेमिफाइनल हुनेछ । फाइनल मंगलवार हुनेछ ।


प्रकाशित मिति : २०८१ मंसिर १६, आईतवार गते

धेरै पढिएको

ताजा समाचार