रौतहट,आशिष लामिछाने : नेपाली प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सलाई डिएनए इन्टरनेसनलले मुख्य प्रायोजन गरेको छ।
ड्रिम स्पोर्टसको स्वामित्वमा रहेको जनकपुर बोल्ट्स र डिएनएबीच मंगलवार सम्झौता भएको छ। बोल्ट्सका प्रबन्ध निर्देशक निरज खतिवडा र डिएनएका प्रबन्ध निर्देशक अनुप घिमिरेले सम्झौता पत्रमा हस्ताक्षर गरे। रन्जना ट्रेड सेन्टर आधिकारिक विक्रेता रहेको डिएनए इन्टरनेश्नल नेपाल क्लोथिङ म्यानिफ्याक्चरिङ कम्पनी हो ।

जनकपुरका अमित श्रेष्ठले टाइटल्स स्पोन्सरको रुपमा डिएनए इन्टरनेसनल नेपाललाई हामी जनकपुर बोल्ट्समा स्वागत गर्दछौं ।
उनले भने,’ एनपिएलका लागि जनकपुरको राम्रो तयारी भइरहेको छ । डिएनए इन्टरनेसनल नेपालको साथले हामीलाई व्यवासीयक रुपमा अगाडि बढ्न ठुलो सहयोग पुगेको छ । एनपिएल जस्तो ठुलो इभेन्टमा समावेश भएपछि डिएनए इन्टरनेसनल नेपालले पनि उचाई छुने हामीले विश्वास लिएका छौं ।’
डिएनएमा प्रबन्ध निर्देशक घिमिरे भने, ‘जनकपुर बोल्ट्समा आवद्ध हुने मौका पाउनु हाम्रो लागि ठुलो सौभाग्य हो । हाम्रो कम्पनीले नेपालमा व्यवसाय गर्दै आएको छ, पछिल्ला केही वर्षमा यसले ठुलो इभेन्टसंग पनि आवद्ध हुदैं आएको छ । भविष्यमा अन्तर्राष्ट्रिय बजारमा जाने प्रयासमा रहेकाले एनपीएल र जनकपुर बोल्ट्सको साथमा हामीले ठुलो प्लेटफर्म पाएका छौं ।’
आसिफ शेख मार्की खेलाडी रहेको जनकपुर बोल्ट्सले न्युजिल्यान्डका प्रसिद्ध क्रिकेटर जिमी निसमलाई अनुबन्ध गरिसकेको छ । बोल्ट्सका अन्य विदेशी लाहिरु मिलान्था लगायतका खेलाडी छन् ।

मुख्य प्रशिक्षकमा नेपालका पूर्व प्रशिक्षक पुबुदु दासानायके र प्रशिक्षकमा मनोज कटुवाल रहेका छन् । प्रशिक्षक पुबुदु, आसिफलगायतले टोलीको एनपिएल जर्सी प्रर्दशन गरेका थिए।
सोहि अवसरमा डिएनएले जनकपुरले एनपिएल जितेमा प्रत्येक खेलाडीलाई १ लाख र फाइनल पुगेमा ५० हजार रुपैयाँ दिने घोषणा गरेको छ।

