फुट ब्यालेन्स का लागि फिनल्याण्डको इनसोल


आशिष लामिछाने , रौतहट, अशोज १३:  फुट ब्यालेन्स का लागि फिनल्याण्डको इनसोल

फुट ब्यालेन्स, यो शब्दावली सुन्दा सामान्य लागेपनि यो आम मानिसको सहज जीवनयापन सँग प्रतक्ष्य जोडिएको अवस्था हो । फुट ब्यालेन्स अर्थात खुट्टाको टेकाई सही भएन भने मानिसको हिंडाई सही हुँदैन अनि त्यससँग प्रतक्ष्य रुपमा विविध शारीरीक समस्याहरु जोडिएर आउँछन् । पैताला पोल्ने, कुरकुच्चो दुख्ने, पिंडुला दुख्ने, अनि ढाडनै पनि दुख्ने जस्ता समस्याहरु फुट ब्यालेन्स नहुँदा हुने सामान्य शारीरीक समस्याहरु हुन् ।
फुट ब्यालेन्स नहुनु रोग होईन, यो एक किसिमको शारीरीक अवस्था हो । तर, यो अवस्थालाई सुधार गरिएन भने चाहिँ यसले रोगहरु निम्त्याउन सक्छ । त्यसैले फुट ब्यालेन्समा भएका कमजोरीहरु तुरुन्तै करेक्सन गरिनुपर्छ । विकसित मुलुकहरुमा फुट ब्यालेन्स कस्तो छ जाँच गरेर विभिन्न किसिमका थेरापी तथा उपचार पद्धती आवलम्बन गरिन्छ । ति मध्ये सबैभन्दा प्रभावकारी पद्धती जुत्तामा अतिरिक्त इनसोलको प्रयोग गर्नु हो । नेपालमा भने करेक्सन त परै जाओस् फुट ब्यालेन्स सहि नभएकै कारणबाट हुने समस्याहरु देखिंदा समेत फुट ब्यालेन्स कस्तो छ भन्नेर चेक जाँच सम्म पनि गरेको पाईंदैन । समस्याको जड पत्ता लगाउनुको सट्टा समस्या निराकरणमा उपचार केन्द्रित भएको पाईन्छ ।
नेपालमा विद्यमान यो अवस्थाबाट आम मानिसलाई राहात दिलाउने योजना अनुरुप फुट ब्यालेन्सको चेक जाँच र त्यसबाट उब्जिएका समस्याको समाधानका लागि फुट ब्यालेन्स नेपाल हालै संचालनमा आएको छ । फिजियो थेरापिस्टको अगुवाईमा हालै ललितपुरको खुमलटारमा फुट ब्यालेन्स फिनल्याण्डको पहिलो फ्रेन्चाईज सेन्टर फुट ब्यालेन्स नेपाल संचालनमा आएको छ ।

फुट ब्यालेन्स भए नभएको कसरी यकीन गरिन्छ ?
यसका लागि फुट ब्यालेन्स फिनल्याण्डको प्याटेन्टेड डिभाईस तथा डाईग्नोस्टिक सफ्टवेयरको प्रयोग गरिन्छ । यसका लागि फुट ब्यालेन्सको स्क्यानरमा उभिएर दुवै खुटको पैतालाको अवस्थिती, उभिंदा खुट्टाका विभिन्न प्रेसर प्वाईन्टमा परेका प्रेसर, खुट्टाका विभिन्न जोर्निहरुको स्थिती र त्यसमा परेको शरीरको भारको अवस्थालाई सफ्टवेयरमा सिङ्क्रोनाईज गरेपछी फुट ब्यालेन्समा रहेका समस्याहरु सोही प्रोप्राईटरी सफ्टवेयरले पहिचान गरि रिपोर्ट बनाईदिन्छ । त्यही रिपोर्टको आधारमा सेन्टरका दक्ष तथा अनुभवी फिजियो थेरापिस्ट तथा फुट ब्यालेन्स कन्सल्ट्यान्टले विशेस किसिमको इनसोल सिफारीस गर्छन् ।
त्यही सिफारीसको आधारमा सम्बन्धित ब्याक्तिको खुट्टाको आकार र माप लिएर फुट ब्यालेन्स नेपालले एक विशेष मेडिकेटेड इनसोल बनाई उपलब्ध गराउँछ । उक्त इनसोल विभिन्न साईजमा फिनल्याण्ड बाटै ल्याईन्छ । जसलाई मेशिनको साहयताले सम्बन्धित ब्याक्तीको खुट्टाको आकार र प्रकार अनुरुप बनाई आवश्यकता अनुरुप रिइन्फोर्स गरिन्छ । यसरी तयार भएको इनसोल सम्बन्धित ब्याक्तिले नियमित लगाउने जुत्तामा भएको इनसोल निकालेर प्रयोग गर्नुपर्छ ।

फुट ब्यालेन्स इनसोलले कसरी कामगर्छ ?
यसले पैतालाका विभिन्न भागमा पर्ने शरीरको भारलाई सहि तरीकाले विभिन्न प्रेसर प्वाईन्टमा वितरण गरेर फुट ब्यालेन्स गर्नेगर्छ । यसको सोलमा प्रयोग गरिएको मेटेरियल र अपनाईएको बायोमेडिकल इन्जिनियरिङ्ले म्याजिकल रिजल्ट डेलिभर गर्छ । विगतमा पर्न नहुने स्थानमा परेको भारलाई इनसोलको माध्यमबाट सही ठाउँमा स्थान्तरण गरिन्छ । यसले विस्तारै खुट्टाले आफ्नो आकार लिएर सँधैको लागि पोस्चर करेक्सन हुने अवस्था बन्छ वा देखिएका समस्याहरु निराकरण हुँदै जाने अवस्था विकास हुन्छ । सामान्यतया १६ बर्ष भन्दा कम उमेरमै फुट ब्यालेन्सको समस्या पत्ता लागेको खण्डमा इनसोलकै माध्यमबाट पूर्ण समाधान प्राप्त गर्न सकिन्छ भने अलिक उमेर भईसकेपछी भने इनसोलले करेक्सन त गर्छ तर खुट्टाले आँफै स्वाभाविक आकार नबदल्ने भएकाले इनसोलको नियमित प्रयोग गर्नुपर्ने हुन्छ ।
नेपालमा पहिलो पटक भित्र्याईएको यस प्रविधिको प्रचार प्रसार र विस्तारको लागि धेरै मिहेनत गर्नुपर्ने देखिन्छ । प्रोपाईटरी प्रविधि भएकाले यसका थप सेन्टरहरुको विस्तार गरि यसलाई आम उपभोक्ताको पहुँचमा पु¥याउन अत्यावश्यक छ । नेपालमा यस क्षेत्रमा कार्यरत थेरापिस्ट तथा डाक्टरहरुले यसको महत्व अध्ययन गरि रिफर गर्न अपरिहार्य रहेको छ । प्रविधि र प्राप्त परिणामका आधारमा जनचेतना अभिबृद्धिमा काम गर्न आवश्यक छ, यसलाई उपचार भन्दा पनि भविष्यमा हुनसक्ने शारीरीक समस्यानै आउन नदिने विधिका रुपमा प्रचार प्रसार गरिएको खण्डमा ठूलो उपलब्धि हाँसिल हुनसक्ने देखिन्छ । यसको थप जानकारीका लागि फुट ब्यालेन्स नेपालको इन्स्टाग्राम तथा फेसबुकबाट फुट ब्यालेन्स नेपालमा पहुँच पु¥याउन सकिन्छ ।


प्रकाशित मिति : २०८१ आश्विन १३, आईतवार गते

धेरै पढिएको

ताजा समाचार