कस्तो छ नथिङ टु ए प्लस ?


आशिष लामिछाने , रौतहट, अशोज १० : कस्तो छ नथिङ टु ए प्लस ?
नथिङ टु ए प्लस मिडरेन्ज स्मार्टफोन सेग्मेन्टको बादशाह हो भन्दा फरक पर्दैन । द्ध न्यानोमिटरको मिडियाटेक डाईमेन्सिटी ठघछण् प्रो पोसेसरलाई नथिङ अपरेटिङ सिस्टमका लागि परफरमेन्स अप्टिमाईज्ड् गरिएको ले यो पावर हाउस बनेको छ । ज्ञद्द जिवी र ड जिवी मेमोरी अप्सनमा आउने यो स्मार्टफोन फोटोग्राफि र गेमिङ दुवैको लागि ब्यालेन्स्ड परफरमेन्स दिने गरि ईन्जिनियरिङ गरिएको छ । आउटअफ द बक्स एण्डरोइड ज्ञद्ध भर्सनमा आउने नथिङ टु ए प्लसले थप तिन जेनेरेसनको एण्डरोइड अपडेट पाउनेछ भने नथिङको नीति अनुसार कुनै ब्लोटवेयर विनाको क्लिन सफ्टवेयरले यो फोन सुपर प्रिमियम फिल हुन्छ ।

ज्ञद्दण् हर्जको एमोलेड डिस्प्ले भएको यो मोबाईलको डिस्प्लेको सुरक्षाका लागि कर्निङ गोरिल्ला ग्लास फाईभ दिईएको छ । आईपी छद्ध स्प्लास प्रुफ वाटर एण्ड डस्ट रेसिस्टेन्स दिईएको यस स्मार्टफोनको पारदर्शि ब्याक प्यानल भित्र दिईएका ग्लिफ एलईडी लाईटिङले यसलाई डिजाईनमा अलग र विशिष्ट देखाउन सफल भएको छ ।
कन्टेन्ट क्रिएटर लक्षित यो स्मार्टफोनमा तिनवटा क्यामेरा दिईएको छ । तिन वटै क्यामेरा छण् मेगापिक्सेलका छन् । त्यसैले, चाहे मेन क्यामेरा होस्, या अल्ट्रावाईड एगंल क्यामेरा होस् या सेल्फि क्यामेरा नै किन नहोस् कुनैबाट पनि लिईएको तस्विर र भिडियोको डिटेलमा कमी हुँदैन । सबै क्यामेरा बाट लिईएका तस्विर र भिडियोको एउटै गुणस्तर हुने भएकाले यो कन्टेन्ट क्रिएटरका लागि अत्यन्तै उपयोगी हुन्छ । अप्टिकल इमेज स्टेबलाईजर सहितका यसका तिनै क्यामेराले द्धप् घण् एफपिएसमा भिडियो खिच्ने क्षमता राख्छन् । गेमिङ्का लागि भने यसको अप्टिमाइज्ड प्रोसेसरले निक्कै राम्रो परफरमेन्स दिने गेमरहरुले बताउँदै आएका छन् ।

छण्ण्ण् मिलिएम्पीयरको विशाल ब्याट्री दिईएको यो स्मार्टफोनले छण् वाट चार्जिङ सपोर्ट गर्छ भने छण् प्रतिशत ब्याट्री चार्ज हुन करिव द्दण् मिनेट लाग्छ । अण्डर डिस्प्ले अप्टिकल फिंगरप्रिन्ट सेन्सर भएको यस स्मार्टफोनमा फेस रिकग्नाईजेसन समेत दिईएको छ ।

डिजाईन र लुक्स मात्र नभएर फोटोग्राफी, पावर र फरफरमेन्समा समेत अग्रस्थान ओगट्ने मिडरेन्जको यो स्मार्टफोनले फ्ल्गसिप वाला परफरमेन्स दिन्छ । अहिले नथिङको मोनोक्रोम थिममा आधारीत रहेर ग्रे र ह्वाईट दुई कलरमा उपलब्ध नथिङ टु ए प्लस भविष्यमा थप कलरहरुमा आउने अपेक्षा गर्न सकिन्छ ।

 


प्रकाशित मिति : २०८१ आश्विन १०, बिहीबार गते

धेरै पढिएको

ताजा समाचार