आशिष लामिछाने , रौतहट, अशोज ९ : कजरीयाको अनुभव र लगानीले, नेपालमा उत्पादित टायलको गुणस्तरको वेन्चमार्क बनाएको छ ।
प्रविधीजन्य ब्यावसायमा रहेको यहाँहरुको फोकस कसरी टायल उत्पादन तर्फ मोडियो ?ब्यावसायिक डाईभर्सिफिकेसनका विभिन्न प्रयत्नहरु गर्ने क्रममा हामी टायल उद्योग स्थापना गर्न पुगेका हौं । ब्यावसायिक समूह अन्तर्गत रमेश कर्पले पहिला देखि नै निर्माण सम्बद्ध उद्योगमा लगानी गरिरहेकै हो । केबुल तथा वायर उत्पादनमा अग्रणी उद्योग संचालन गरिरहेको रमेश कर्पले टायल उत्पादनका क्षेत्रमा हात हाल्ने अभिप्राय राखी शोध तथा अनुसन्धान गरेर, नेपाली बजारमा रहेको ब्यावसायिक संभाब्यता, उत्पादन गर्नसक्ने अवस्था र यसले नेपाली बजारमा गर्ने भ्यालु एडिसनका सन्दर्भमा समेत अध्ययन गरेर संभाब्य देखेपछी टायल उद्योग स्थापनाको प्रकृया अगाडि बढेको हो । अन्ततः कजरीया रमेश टायल्स लिमिटेडको स्थापना संभव भयो ।

यसमा कजरीया कसरी जोडिन पुग्यो ?
हामी टायल उद्योग स्थापनाको अध्ययन सकेर स्थापनाको तयारी गरिरहेको अवस्थामा कजरीया सँग जोडिन पुगेका हौं । हामी उद्योग स्थापनाका लागि विभिन्न किसिमका भिजिट गर्ने क्रममा कजरीयाको नजिक पुगेका थियौं, कजरीया पनि अन्तर्राष्ट्रिय बजारमा आफ्नो लगानीको संभाब्यता खोजी गरिरहेको रहेछ, हाम्रो लिस्टमा पनि कजरीया थिएन । कजरीयाको लिस्टमा पनि नेपाल थिएन । तर, दुवैको उदेश्य मिलेकाले यो उद्योग स्थापना गर्दा निक्कै छिटो परिणाममा पुग्न सकिने देखिएकाले हाम्रो कजरीया सँग तत्काल एलायन्स हुन संभव भयो र प्रतक्ष्य बैदेशिक लगानीकर्ताका रुपमा कजरीया कुल ३८० करोड रुपैंया लगानी को ५० प्रतिशत लगानी गरेर नेपाल भित्रिएको हो ।
यो हाम्रा लागि मात्र नभएर नेपाल र नेपाली ब्यावसायिक बृत्तका लागि पनि निक्कै उत्साहजनक अवस्था हो । नेपालमा औद्योगिक तथा ब्यावसायिक गतिविधी ठप्प प्राय भएको अवस्थामा ठूलो प्रतक्ष्य बैदेशिक लगानी भित्रनु ठूलो उपलब्धि पनि हो ।
नेपालमा धमाधम टायल उद्योग स्थापना हुने क्रम बढ्नुलाई कसरी लिनुहुन्छ ?
म अरु भन्दा अलिक फरक रुपले सोच्छु । मलाई प्रतिस्पर्धा मनपर्छ । एउटा उपभोक्ताको लागि पनि बजारमा प्रतिस्पर्धा हुनु पक्कै पनि फाईदाजनक हुन्छ । प्रतिस्पर्धाले मूल्य र सेवा दुवै उपभोक्तामुखी बनाउँछ भन्ने मेरो बुझाई हो । त्यसैले बढ्दो टायल्स उद्योगकको संख्या र यसमा बढेको लगानीको म खुलेरै स्वागत तथा प्रसंसा गर्छु । नेपाली बजारको आकार त्यति ठूलो छैन त्यै पनि चार पाँच वटा उद्योगलाई पुग्ने बजार छ, एउटै उद्योगले शुरुमै सबै किसिमका साईज र टायलहरु उत्पादन गर्न संभव छैन, बरु उत्पादक चनाखो भएर बजारमा फरक किसिमका उत्पादन लिएर आउन सक्नुपर्छ ।
अनि कजरीया यसै पनि टायलको नम्बर एक ब्राण्ड हो । त्यसमाथि यसको क्षमता, भिजन र गुणस्तरमा नजिकमा पनि नेपालमा अरु उद्योगहरु आउन सक्ने देखिंदैन । जसले कजरीयाले नेपाली बजारमा प्रष्ट रुपमा फरक स्थान र महत्व हाँसिल गर्नेछ ।
कसरी कजरीया अरुभन्दा फरक छ ?
कजरीया टायल्स भारतकै सबैभन्दा ठूलो टायल उत्पादक कम्पनी हो । जसको आर्थिक तथा प्राविधिक लगानीमा खुलेको उद्योग हुनु आँफैमा फरक विषय हो । कजरीयाको विशाल शोध तथा अनुसन्धानका उपलब्धिहरुमा हुने सोझो पहुँच, यसले अपनाएको अत्याधुनिक इटालियन टायल उत्पादन प्रविधी तथा प्रयोगमा ल्याएका स्टेट अफ आर्ट मोर्डन मेशिनरीहरु, र नेपालमा कजरीयाले कजरीया इण्डियाको गुणस्तर र उत्पादन प्रकृया आवलम्बन गरि गर्ने उत्पादन कार्य, यि सबै पक्षहरुले कजरीयालाई फरक स्थान दिन संभव हुने देखिन्छ ।
कजरीया नेपालले पुर्णतया कजरीया इण्डियाको गुणस्तर मापदण्ड पुरा गरेका आयातित कच्चा पदार्थ मात्र प्रयोग गरेर नेपालमा टायल उत्पादन गरेको छ । यसरी टायल उत्पादन गर्दा कजरीयाले दशकौंमा हाँसिल गरेको गुणस्तर कायम हुनेछ, जुन अरु कुनै उद्योगले गर्नसक्ने अवस्था छैन ।

कजरीया सँगको साझेदारीले के सहयोग पु¥यायो ?
काजारीया पहिल्यै स्थापित ब्राण्ड हो, उत्पादन प्रकृयामा गहिरो दख्खल छ, अनि लगानी समेत गरेर आएको छ । कजरीया सँगको साझेदारीले हामीलाई उद्योग स्थापनाका हरेक पक्षमा सहयोग भयो । कजरीयाकै अनुभवको उपयोगले यो रफ्तारमा उद्योग स्थापना संभव भएको हो, नत्र हामीसँग अनुभव कम थियो समय र लगात पनि बढी लाग्न सक्थ्यो । त्यो मात्र नभएर यसले नेपालमा लगानी संभव छ भन्ने मान्यता पनि ठूला भारतीय लगानीकर्ता माझ स्थापित गराएको छ, यो सानो उपलब्धि पक्कै होईन ।
प्रविधी पनि आयातित कच्चा पदार्थ पनि आयातित, यहाँ भ्यालु एडिसन के नै होला र ?
यसलाई त्यसरी बुझ्नै भएन । उद्योग स्थापना सजिलो विषय पक्कै होईन । प्रविधीमा पहुँच भएन भने उत्पादन राम्रो बन्नै सक्दैन । फेरी टायल जस्तो निर्माणमा प्रयोग हुने बस्तुलाई गम्भिरता नलिई हचुवामा उत्पादन शुरु गरियो भने त्यसले कलान्तरमा पार्ने प्रभाव ठूलो हुनेछ । त्यसैले कजरीया रमेश टायल्सले कुनै जोखिम नलिई बर्षौंको अनुभव र शोध तथा अनुसन्धानका प्राप्त उपलब्धिका आधारमा गुणस्तरीय टायल उत्पादनलाई पहिलो प्राथमिकतमा राखेर उत्पादन प्रकृया शुरु गरेको हो । यसमा सर्बोत्कृष्ठ विकल्प भनेकै पूर्ण रुपमा गुणस्तरमा प्रुभन भईसकेको भारतीय कच्चा पदार्थहरुको प्रयोग गरिनु हो । जसले गर्दा अहिले आयात भईरहेका कजरीया टायल्सको गुणस्तर सँग नेपालमा उत्पादन भएका टायल हुबहु मेल खानेछ । उपभोक्ताले गुणस्तरका सन्दर्भमा कुनै शंका नै गर्नुपर्दैन ।
जहाँ सम्म भ्यालु एडिसनको प्रश्न छ, त्यसमा हामीले नेपालमा ठूलो संख्यामा रोजगारीको श्रृजना गरेका छौं । अहिल्यै हामीले ३५० जनालाई प्रतक्ष्य रोजगारी दिन थालिसकेका छौं यो संख्या उद्योग पूर्ण क्षमतामा आएपछी दोब्बर नै हुनेछ । हामीले ठूलो परिमाणमा विद्युत खपत गर्छौं, यो टायल उद्योगकको लागि महत्वपूर्ण कच्चा पदार्थ हो भन्दा अतियुक्ती नहोला । त्यसबाहेक नेपाली ब्यावसायीको आयात तथा इन्भेन्ट्री म्यानेजमेन्टमा हुने लगानी ठूलो मात्रामा घटाईदिएको छ, यसले नेपाली अर्थतन्त्रलाई निक्कै सकारात्मक टेवा पु¥याउने निश्चित छ । निकट भविष्यमा स्थानिय रुपमा उपलब्ध कच्चा पदार्थको उपयोगमा शोध तथा अनुसन्धान पक्कै पनि गरिनेछ ।

कजरीया रमेश टायल्सले निर्यातको कस्तो संभाब्यता देखेको छ ?
अवश्य पनि निर्यात संभाब्य छ । हामीले भारतमै टायल निर्यात गर्न संभव छ । तेश्रो मुलुकमा पनि संभाब्यता खोजिने छ । तर, त्यो अहिल्यै आवश्यक परिहाल्ने देखिंदैन । नेपाली बजारको आवश्यकता र माग पुरा गर्नै सजिलो छैन । पहिला स्वदेशकै माग र आवश्यकता पुरा गर्दै निर्यात घटाउने हाम्रो लक्ष्य हो ।

