काभा क्लब च्याम्पियनसिपमा नेपाल पुलिसको लगातार जित


माल्दिभ्समा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) वुमन्स क्लब च्याम्पियनसिपमा नेपाल पुलिस क्लबले लगातार दोस्रो खेलमा जित निकालेको छ।

सोमबार भएको आफ्नो जित निकाल्ने क्रममा पुलिसले श्रीलंका एयर फोर्सलाई ३-० को सोझो सेटमा पराजित गरेको हो।

पुलिसले पहिलो सेट २५-१६ ले सहज रुपमा आफ्नो पक्षमा पार्‍यो। दोस्रो सेटमा पुलिस २५-२० ले विजयी भयो।

तेस्रो सेटमा उत्कृष्ट पुनरागमन गरेको पुलिसले २५-२१ ले जित निकालेपछि ३-० को सेटमा विजयी भयो।

नेपालको च्याम्पियन क्लबको हैसियतमा प्रतियोगितामा भाग लिएको पुलिसले आइतबार भएको खेलमा उज्वेकिस्तानको हुमो भिसीलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो।  प्रतियोगितामा पुलिसले तेस्रो खेलमा मंगलबार ताजकिस्तानको भिसिडीसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतियोगितामा नेपाल, माल्दिभ्स, उज्वेकिस्तान, श्रीलंका, ताजकिस्तान र कीर्गिस्तानका क्लबको सहभागिता छ।


प्रकाशित मिति : २०८१ आश्विन १, मंगलवार गते

धेरै पढिएको

ताजा समाचार