नेपालको शोक दिवसमा चिनियाँ दूतावासमा श्रद्धाञ्जली कार्यक्रम


२२ भदौ, काठमाडौं । नेपालको राष्ट्रिय शोक दिवसका अवसरमा नेपालस्थित चिनियाँ राजदूतावासले श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ। बाढी पहिरोमा परी ज्यान गुमाएका पीडितहरूको शोकमा चिनियाँ राष्ट्रिय झण्डा आधा झुकाइएको छ।

चिनियाँ दूतावासले चीन  र नेपाल सधैँ आशा र दृढताका साथ एकअर्काको साथमा उभिने र  कठिनाइहरूलाई पार गर्दै  मिलेर आफ्ना घर तथा समुदायहरूको पुनर्निर्माण गर्ने बताएको छ ।

भदौ १० मा  आएको भोटेकोशी बाढीका कारण नेपाल र चीनतर्फ ठूलो मानवीय र भौतिक क्षति भएको छ ।  नेपाल र चीन जोड्ने केरूङ नाका पनि पूर्णरुपमा क्षति भएको छ ।


प्रकाशित मिति : २०८३ भाद्र २२, सोमबार गते

धेरै पढिएको

ताजा समाचार