काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र(बालेन)शाहले जनकवि दुर्गालाल श्रेष्ठको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
मङ्गलबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री शाहले जनकवि श्रेष्ठको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।
प्रधानमन्त्री शाहले लेखेका छन्,‘जनकवि दुर्गालाल श्रेष्ठज्यू प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। भौतिक रूपमा उहाँ हामीमाझ नरहे पनि उहाँले देखाउनुभएको बाटो, उहाँका सिर्जना र विचारहरू सधैँ हामीमाझ जीवित रहनेछन्। उहाँले देखाउनुभएको मार्गमा हामी निरन्तर हिँडिरहनेछौँ।हार्दिक श्रद्धाञ्जली !’
९३ वर्षीय श्रेष्ठको आइतबार राति बुढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएको हो। श्रेष्ठ पछिल्लो ६ दशकदेखि निरन्तर साहित्य सिर्जनामा सक्रिय थिए।
उनले नेपाल भाषाका साथै नेपाली भाषामा पनि कविता, गीतलगायत साहित्यका विभिन्न विधामा महत्त्वपूर्ण योगदान पुर्याएका छन्।

