काठमाडौँ, साउन २७ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ले आफ्नो २७औँ स्थापना दिवसका अवसरमा बुधबार प्रभातफेरी आयोजना गरेको छ ।
काठमाडौँको ऐतिहासिक वसन्तपुर डबलीबाट सुरु भएको प्रभातफेरी न्युरोड गेट, रत्नपार्क हुँदै राष्ट्रिय सभागृहमा पुगेर औपचारिक सभामा परिणत भएको थियो ।
प्रभातफेरीमा गुरुङ, मगर, तामाङ, थारू, राई, शेर्पा, लिम्बू तथा नेवा पत्रकार सङ्घका प्रतिनिधिको सहभागिता रहेको थियो ।
फोनिजले आफ्नो वार्षिकोत्सवका अवसरमा तीन दिनसम्म विभिन्न कार्यक्रम आयोजना गरेको छ । यसै क्रममा फोनिजले साउन २५ गतेदेखि तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन–२०२६ आयोजना गरेको थियो ।



